ब्लड क्यान्सर पीडित कवि नवराजलाई जापानमा पुस्तक बेचेर सहयोग

काठमाडौं । जापानमा बस्ने नेपाली युवाहरुले पुस्तक बेचेर क्यान्सर पीडितलाई सहयोग गरेका छन् ।
लामो समयदेखी ब्लड क्यान्सरबाट पीडित कवि नवराज न्यौपानेलाई जापान बस्ने युवाहरुले पुस्तक बेचेरै आर्थिक सहयोग प्रदान गरेका छन् । क्यान्सर पीडित कवि नवराज न्यौपानेलाई पुस्तक बिक्रिबापत १ लाख ५० हजार रुपैंयाा आर्थिक सहयोग प्रदान गरिएको हो ।
कवि नवराजले लेखेको कविता संग्रह ‘सपनाका लहरहरु–४’ बेचेर जापान बस्ने युवाहरुले सहयोग रकम जुटाएका हुन् ।
‘न्यौपानेकै अर्को कविता संग्रह ‘सपनाका लहरहरु–५ पनि हामीले बिक्रि गरेर आर्थिक सहयोग जुटाईरहेका छौं ।’ यस अभियानमा जोडिएका प्रज्जवल आचार्यले भने, ‘जापानका बिभिन्न स्थानहरुमा हामी पुस्तक बेचेर सहयोग गरिरहेका छौं ।’ जापानमा प्रज्जवलसागै विकास मोक्तान, मनिलाल पासिन लगायतका युवाहरुले पुस्तक बेचेर आर्थिक सहयोग गर्ने यो अभियानमा साथ दिईरहेका छन् ।
ब्लड क्यान्सर पीडित नवराज न्यौपानेले ‘सपनाका लहरहरु–१’ देखी भाग ५ सम्म कविता संग्रह प्रकाशित गरेका छन् ।
२०४५ कार्त्तिक १९ मा जन्मिएका सिन्धुपाल्चोकमा जन्मिएका नवराजले कवि, गीतकारका रुपमा पहिचान बनाएका छन् । उनका गीतहरुमध्ये ‘बिरामी म’ र ‘यात्रा’ अनुप्रस्थले, ‘अप्ठेरो’, ‘अघि बढी’, ‘संगीन छाया’, ‘अन्त कतै’ द बृजले गाएका छन् । ‘क्यान्सर फाइटर’ नवराजले ‘सपनाका लहरहरु–३ सम्म अस्पतालको बेडमै लेखेका हुन् ।
वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा छादा बोनम्यारो (रक्त) क्यान्सर भएका नवराजलाई डाक्टरले ८ महिना मात्र बााच्छ भनेर पठाएका थिए । तीन वर्ष बितिसक्दा पनि हाल उनी ब्लड क्यान्सरसँग संघर्षरत छन् ।
















वैशाख वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
प्रतिक्रिया