आजको मौसमः पाँच प्रदेशमा भारी बर्षा हुन सक्ने

काठमाडौं, ५ असार । हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । भारतको पश्चिम बंगाल आसपास बनेको न्यून चापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ।
दिउँसो देशभर साधारणतया बदली देखि पूर्णयता बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
राती भने देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। यसको प्रभावले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सो को असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
















नासा नेपालद्वारा चितवनमा ईभीसम्बन्धी एक दिने ओरिन्टेसन कार्यक्रम सञ्चालन
फेवाताल जग्गा प्रकरणमा कानुनी उपचार खोज्ने गृहमन्त्रीको स्पष्टीकरण
बागमती प्रदेशसभाको हिउँदे अधिवेशन चैत २४ गते बस्ने
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
प्रतिक्रिया