नेदरल्यान्ड्सले नेपाललाई दियो १७५ रनको लक्ष्य

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय ट्वान्टी–२० शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्सबाट १७५ रनको लक्ष्य पाएको छ ।
बिहीबार ग्लासगोमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको डच टोलीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७४ रनको योगफल खडा गर्यो ।
नेदरल्यान्ड्सका ओपनर माइकल लेभिटले सर्वाधिक ८६ रन बनाए । उनले ५३ बलमा ६ चौका र पाँच छक्का प्रहार गरे ।
यस्तै, रोइलोफ भान डेर मार्वेले ३६ र आयर्न दत्तले १७ रन थपे । सफिक जुल्फिकरले १४ रन जोडे ।
नेपालका करण केसीले दुई विकेट लिए । दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, रुपेश सिंह र सन्दीप लामिछानेको नाममा समान एक विकेट रह्यो ।
शृंखलाको उपाधि जित्ने सम्भावनालाई कायम राख्न नेपाललाई आज जित आवश्यक छ । नेपालले यसअघिका दुई खेलमा समान एक जित र एक हारको नतिजा आत्मसात गरेको छ । नेपाल यसअघि पहिलो खेलमा नेदरल्यान्ड्ससँग नै तेस्रो सुपर ओभरमा पराजित भएको थियो । यस्तै, दोस्रो खेलमा भने नेपालले स्कटल्यान्डलाई दुई विकेटले हराएको थियो ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
प्रतिक्रिया