शुक्रबार, वैशाख १८, २०८३

सर्लाहीमा बाटो विस्तारको विषयमा विवादमा इन्स्पेक्टरसहित ३ जना घाइते, प्रहरीले चलायो गोली

मेरोन्यूज २०८२ असार ७ गते १३:१९

सर्लाही। सर्लाहीको बरहथवा नगरपालिका–४ खैराटोल मा शनिबार बिहान बाटो विस्तारको विषयलाई लिएर स्थानीयवासी र सुरक्षाकर्मीबीच तनावपूर्ण झडप भएको छ। विवादमा प्रहरीले एक राउन्ड हवाई फायर गरेको छ ।

Advertisement
NiccNicc

सर्लाहीको बरहथवा नगरपालिका–४ खैराटोलमा शनिबार बिहान बाटो विस्तारको क्रममा स्थानीयवासी र प्रहरीबिच झडप हुँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाई फायर गरेको हो ।


झडपका क्रममा इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी निरीक्षक दिवाकर गणेशसहित तीन जना घाइते भएका छन्। घाइतेमध्ये तीन जना सर्वसाधारण रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार झडपमा घाइते भएका सबैलाई उद्धार गरी उपचारका लागि नजिकैको अस्पतालमा पठाइएको छ । उक्त क्षेत्रको अवस्था सामान्य रहेको प्रहरीको जनाएको छ ।

प्रतिक्रिया