महालक्ष्मी विकास बैंकको मोबाइल बैंकिङबाट अब रेमिट्यान्स सिधै आफ्नो खातामा प्राप्त गर्न सकिने

काठमाडाैं। महालक्ष्मी विकास बैंकको मोबाइल बैंकिङ एप ‘महालक्ष्मी स्मार्ट साथी’मार्फत अब अन्तर्राष्ट्रिय रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने सुविधा सुरु गरिएको छ ।
बैंकले आफ्ना ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीतिबमोजिम उक्त सेवा सुरु गरिएको बै्कले जनाएको छ ।
उक्त सेवाअन्तर्गत नेपालबाहिरबाट पैसा पठाउने व्यक्तिको विवरण, रेमिट्यान्स एजेन्ट र मनी ट्रान्सफर कन्ट्रोल नम्बर (एमटीसीएन) बैंकको मोबाइल बैंकिङ एपमा प्रविष्ट गरेर आफ्नो खातामा सिधै रकम प्राप्त गर्न सकिने बैंकले जानकारी गराएको छ ।
यो सेवामा १०० भन्दा बढी अन्तर्राष्ट्रिय रेमिट्यान्स कम्पनीहरूबाट पठाइएको रकम सजिलै प्राप्त गर्न सकिन्छ । यो सुविधाको थप सँगै अब ग्राहकहरूको रेमिट्यान्स रकम लिनका लागि रेमिट्यान्स काउन्टर वा पेमेन्ट एजेन्टकोमा जानुपर्ने बाध्यता अन्त्य हुने, लाइनमा बस्नु नपर्ने साथै समयको समेत बचत हुनेछ । यो सुविधा थप गरेसँगै बैंकको आफ्नो डिजिटल बैंकिङ सेवा थप ग्राहकमैत्री तथा प्रविधिकेन्द्रित हुने विश्वास बैंकको छ ।













ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर गयाे भूकम्प
पाेखरा–मुग्लिन सडक आयोजना पश्चिम खण्डको तेस्रो पटक म्याद थप
यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज मूल्य
भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
प्रतिक्रिया