एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिता : नेपालद्वारा जापान ८० रनमा अलआउट

काठमाडौँ । एसीसी पुरुष यु–१६ इस्ट जोन क्रिकेट प्रतोयोगिताको आफ्नो दोस्रो खेलमा नेपालले जापानलाई ८० रनमा अलआउट गरेको छ ।
मलेसियास्थित कोजल टुन्कु जाफर ओभलमा जारी खेलमा बाँयाहाते स्पिनर शुभम खनालले पाँच विकेट लिएपछि जपानलाई नेपालले ८० रनमा अलआउट गरेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको जापानले ३४ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै ८० रनको योगफल बनायो ।
जापानका लागि कप्तान चार्ली हाराहिन्जले सर्वाधिक ३६ रन बनाए । त्यस्तै गबी हाराहिन्जले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
नेपालक लागि शुभम खनालले पाँच विकेट लिए भने अभय यादवले दुई तथा सुशील रावल र विपिनप्रसाद शर्माले समान एक–एक विकेट लिए । यसअघि नेपालले पहिलो खेलमा सिङ्गापुरलाई छ विकेटले हराएको थियो । ८१ रनको विजयी लक्ष्य पछ्याएको नेपाल अहिले जवाफी ब्याटिङमा उत्रिएको छ ।











बैदेशिक राेजगारीमा पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
गृहमन्त्री अर्याल सुर्खेतमा
तीन शीर्ष नेतासँग पहिलोपटक संवादमा प्रधानमन्त्री कार्की
राप्रपाको जनजागरणसभा पुस १२ गते झापामा हुने
नेप्सेमा सामान्य अंकको सुधार
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया