एसीसी पुरुष यू-१६ इस्ट जोन कपमा नेपालको लगातार दोस्रो जित
मेरोन्यूज
२०८२ असार १० गते १२:११

काठमाडाैं । मलेसियामा जारी एसीसी पुरुष यू-१६ इस्ट जोन कप एक दिवसीय क्रिकेटमा नेपालेले लगातार दोस्रो जित हासिल गरेको छ।
मंगलबार बिहान भएको खेलमा नेपालले जापानलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेकाे हो। जापानले दिएको ८१ रनको झिनो लक्ष्य नेपालले १४.२ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो।
यसअघि आफ्नाे पहिलाे खेलमा नेपालले सिंगापुरलाई ५ विकेटले हराएको थियो ।
जापानको भने जारी प्रतियोगितामा यो पहिलो हार हो। जापानले पहिलो खेलमा भुटानलाई २ सय १५ रनले हराएको थियो।
याेसँगै नेपाल ४ अंकमा समूह ए को अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। यस्तै जापान २ अंकमा दोस्रो स्थानमा छ भने सिंगापुर तेस्रो स्थानमा छ।
सम्बन्धित
















आन्तरिक उत्पादनमा आधारित उपभोग बढाउन आवश्यक : अर्थमन्त्री खनाल
50 missing as boat capsizes in Mediterranean
Sankhuwasabha jeep accident: Identities of two deceased ascertained
आजदेखि डुम्रे–बेँसीसहर सडक तीन दिन बन्द
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
प्रतिक्रिया