बिहीबार, पुष ३, २०८२

एमालेले डाक्यो सचिवालय बैठक

मेरोन्यूज २०८२ असार १० गते १४:२३

कााठमााडौं । नेकपा एमालेले सचिवालयको बैठक बोलाएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बुधबार दिउँसो १ बजे बस्ने गरी बैठक डाकिएको हो ।

बैठकमा विधान महाधिवेशनको तयारी र समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने बताइएको छ ।

एमालेले आगामी २० देखि २२ भदौसम्म विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया