सेयर बजारमा सामान्य गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव २२ अंकले घटेर दुई हजार छ सय दशमलव ५३ को बिन्दुमा कायम भएको हो ।
आज तीन सय १६ कम्पनीका एक करोड ३८ लाख १८ हजार ५५९ कित्ता शेयर ६२ हजार ७५५ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ७६ करोड ७८ लाख ९५ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा बैंकिङ शून्य दशमलव ४४, लगानी शून्य दशमलव २७, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४२, लघुवित्त शून्य दशमलव १९ र म्युचुअल फन्ड शून्य दशमलव २७ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।
विकास बैंक शून्य दशमलव ४२, वित्त शून्य दशमलव ७४, होटल तथा पर्यटन शून्य दशमलव, जलविद्युत् शून्य दशमलव ४४, जीवन बीमा शून्य दशमलव १२, निर्जीवन बिमा शून्य दशमलव ३१, व्यापार शून्य दशमलव ०९ र अन्य समूह शून्य दशमलव ११ प्रतिशतले घटेको छ ।
आजको कारोबारमा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै आठ दशमलव ०१ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने एनआइसी एसिया डिभेन्चर २०८५/८६ को शेयर मूल्य पाँच दशमलव १७ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै बुटवल पावर कम्पनी लिमिटेडको २७ करोड ६५ लाख ९० हजार ९७७ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने शिवश्री हाईड्रोपावर लिमिटेडको छ लाख ९६६ कित्ता शेयर खरिदबिक्री भएको छ ।









बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
आज मंसिर १० गते बुधबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया