सेफ्टीक ट्याङ्कीमा डुबेर दुई बालबालिकाको मृत्यु

चन्द्रपुर (रौतहट)। चन्द्रपुर नगरपालिका–१० बिनुवाटोलमा दुई बालबालिकाको ट्वाइलेटको सेफ्टीक ट्याङ्कीमा डुबेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक राजकुमार राईका अनुसार गए राति चन्द्रपुर–१० बिनुवाटोलका दुई वर्षीय रन्जे साह र सोही गाउँकी दुई वर्षीया खुश्बु साहको डुबेर मृत्यु भएको हो ।
मङ्गलबार साँझ दुवै बालबालिका स्थानीय ह्दय पासवानको घरमा खेल्नेक्रममा ट्वाइलेटको सेफ्टीक ट्याङ्कीमा डुबेका थिए । दुवै बालबालिकाको चन्द्रनिगाहपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यसैबीच रौतहट प्रहरीले मङ्गलबार नै ठूलो मात्रामा लागुऔषधसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक रायले जानकारी दिए ।
गौरस्थित बिपीचोकबाट चन्द्रपुर–४ का २७ वर्षीय अजय विकलाई लागुऔषधसहित पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको ना१ह ७८९३ नम्बरको इ–रिक्सामा लुकाइछिपाई ल्याउँदै गरेको फेनारगन ११० थान, डाइजापाम ४७ थान, बुप्रेनुफिन एक सय १० थान र कोरलेक्स ६३ थानसहित उनलाई पक्राउ गरिएको हो ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रतिक्रिया