शुक्रबार, वैशाख ४, २०८३

भिसा आवेदकलाई अमेरिकाको अनुरोध– सामाजिक सञ्जाल प्राइभेट भए पब्लिक बनाउनू

मेरोन्यूज २०८२ असार ११ गते १८:३१

काठमाडाैं । नेपालस्थित अमेरिकी राजदूतावासले भिसा आवेदकहरुलाई आफ्नो सामाजिक सञ्जाल प्राइभेटमा राखेको भए पब्लिक बनाउन अनुरोध गरेको छ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

बुधाबर फेसबुकमार्फत दूतावासले एफ, एम वा जे श्रेणीका भिसाका लागि आवेदन दिने व्यक्तिहरूले आफ्ना व्यक्तिगत सामाजिक सञ्जालको गोपनीयता सेटिङ ‘पब्लिक’ गर्नुपर्ने बताएको हो ।

‘प्रत्येक भिसा निर्णय राष्ट्रिय सुरक्षासँग सम्बन्धित निर्णय हो’, आजैदेखि प्रभावकारी रुपमा एफ, एम वा जे श्रेणीका आप्रवासी भिसाका लागि आवेदन दिने सबै व्यक्तिहरुलाई आफ्ना सबै व्यक्तिगत सामाजिक सञ्जाल खाताहरुको गोपनीयता सेटिङलाई सार्वजनिकमा परिवर्तन गर्न अनुरोध गरिन्छ’ दूतावासले भनेको छ ।

भिसा प्रमाणीकरण गर्नुअघि आवेदकहरूको सामाजिक सञ्जालको गतिविधि पनि अवलोकन गर्न यस्तो सूचना जारी गरिएको दूतावासले जनाएकाे छ ।

प्रतिक्रिया