विष्णुमतिमा कारसँगै बगेकी महिलाको उद्धार

काठमाडौँ । काठमाडौँको टोखामा गएराति कारसहित बगेकी एक महिलाको प्रहरीले उद्धार गरेको छ ।
राति १० बजेको समयमा काठमाडौँको टोखा नगरपालिका–६ ग्राण्डी अस्पताल पछाडि विष्णुमति खोला किनाराबाट बा प्र०१–०३१ च ६१४१ नम्बरको निजी कार अचानक खोलामा खसेको थियो ।
काठमाडौँको धुम्बाराही बस्ने अङ्कुश सिंहले चलाएको कारबाट भावना ओली गाडीसहित बगेकी थिइन् । चालक खोला किनारामा हामफाल्न सफल भएका थिए भने गाडीभित्र सवार ओलीलाई खोलाले बगाएको थियो ।
बाँनियाटार पुलमा आइपुगी गाडी अड्किएको अवस्थाबाट महिलाको उद्धार गरिएको प्रहरी पसिर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । उनका अनुसार उद्धार गरिएकी महिला दाङ घर भई हाल टोखा बस्दै आएकी थिइन् ।
उनलाई प्रहरीले स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि ग्रिनसिटी अस्पताल पठाएको छ । क्रेनको सहायताले खोलाभित्र रहेको कारसमेत बाहिर निकाली प्रहरी प्रभाग नयाँ बसपार्कमा राखिएको प्रहरीले जनाएको छ ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया