कृषकलाई अनुदानमा मौरी घार वितरण

रामपुर। रामपुर नगरपालिकाका किसानलाई मौरीघार वितरण गरिएको छ । मौरीपालन व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाले अनुदानमा किसानलाई घार वितरण गरेको हो ।
वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा मौरीपालन गर्दै आएका किसानको मागको आधारमा अनुदानमा घार उपलब्ध गराइएको हो । किसानको ५० प्रतिशत र नगरपालिकाको ५० प्रतिशत गरी नगरपालिका भित्रका ३९ जनालाई ९५ आधुनिक मौरीको घार वितरण गरिएको कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले जानकारी दिए।
परम्परागत घारमा पुरानै शैलीमा मौरीपालन गर्दै आएका रामपुर–४ का शेरबहादुर रानाले आधुनिक घार पाएपछि मौरीपालनमा उत्साह थपिएको बताए। नगरपालिकाले सूचना जारी गरी आवश्यक घारको निवेदन माग गरेको थियो ।
नगर उपप्रमुख बालकुमारी थापाले मौरीपालनलाई व्यवसायिक रुपमा प्रवर्द्धन गर्न मौरीको घार वितरण गरिएको बताइन् । मौरीपालन सजिलो र थोरै लगानीबाट मनग्य आम्दानी गर्न सकिने हुँदा व्यवसायिक विकास र किसानको लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्ने उनले बताइन् ।
अहिले नगरपालिकाले सञ्चालन गरेको युवा स्वरोजगार कार्यक्रम अन्तर्गतको व्याज अनुदान कार्यक्रममा समावेश गरी व्याज अनुदानको समेत व्यवस्था गरेको नगर उपप्रमुख थापाले जानकारी दिइन् ।
















चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
दुईदेखि तीन हप्ताभित्र इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा
हवाई भाडा महँगिने : हवाई इन्धनमा झन्डै दोब्बर मूल्य वृद्धि
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया