डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्रसङ्घीय क्षेत्रीय मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै नेपालको डिजिटल स्वास्थ्यका क्षेत्रमा भइरहेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराएका छन् । थाइल्याण्डको बैंककमा सम्पन्न सम्मेलनमा नेपालका तर्फबाट मन्त्री पौडेलले नागरिकको स्वास्थ्य तथ्याङ्क छरिएर रहेकामा एकीकृत गर्नका लागि नेपालले नीतिगत रुपमा निर्णय गरेर सुधार प्रयास थालिसकेको प्रतिबद्धता व्यक्त गरे ।
उनले भने, “नागरिक परिचयपत्रमा जनसङ्ख्यासम्बन्धी जानकारी आबद्ध गराउन थालिएको र स्वास्थ्यलाई समेत जोडेर एकीकृत तथ्याङ्क लिन नेपालले काम गरिरहेको छ ।” मन्त्री पौडेलले एकीकृत तथ्याङ्क अभावमा नीति निर्माणमा देखिएको समस्या अब व्यवस्थित हुने अपेक्षा गरिएको उल्लेख गर्दै डिजिटल स्वास्थ्य सुधारमा अन्तर मन्त्रालयस्तरीय सहकार्य अझ व्यापक पार्ने बताए ।
सम्मेलनका क्रममा राष्ट्रसङ्घका लागि एसिया प्रशान्त क्षेत्रकी कार्यकारी सचिव अर्मिदा सलिसा अलिसजाभानासँगको वार्ताका क्रममा मन्त्री पौडेलले डिजिटल प्रणाली रुपान्तरणमा प्राविधिक कठिनाइ समेत हुने भएकाले संस्थाबाट सहकार्य अपेक्षा गरिएको बताए ।
सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव ढुण्डीराज निरौलाले नेपालका तर्फबाट भइरहेका प्रयासमा एसिया प्रशान्त क्षेत्रबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएकाले थप काम गर्ने हौसला मिलेको बताए । जनसङ्ख्या नीति चाँडै ल्याउने गरी मन्त्रालयले काम अघि बढाइरहेको जिकिर गर्दै उहाँले यसमा डिजिटल प्रणालीले विशेष भूमिका खेल्ने बताए ।
















अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक
फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने
महाशिवरात्रि पर्वलाई सभ्य र भव्य बनाउन यस्ताे छ तयारी
परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता
अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारीविनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
प्रतिक्रिया