अभद्र कमेन्ट गर्नेलाई धमाधम सार्वजनिक गर्दै एलिना र समीक्षा

काठमाडौं । गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीले सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्ने प्रयोगकर्ताहलाई सार्वजनिक गरिरहेका छन् ।
दुवैले सामाजिक सञ्जालमा अभद्र कमेन्ट गर्ने व्यक्तिहरूका स्क्रिनसटहरू नाम, प्रोफाइल तस्वीरसहित आफ्नै सामाजिक सञ्जालमा पोष्ट गर्न थालेका छन् ।
व्यक्तिगत जीवनका कुरालाई लिएर लगातार अभद्र कमेन्ट आएपछि यस्ता प्रयोगकर्ताहरूलाई उनीहरूले सार्वजनिक गरेका हुन्। उनीहरू भन्छन् — “अभद्र टिप्पणी किन सहने ?”
बुधबार फेसबुकमा एलिनाले लेखेकी थिइन्, ‘कमेन्टको अत्याचार धेरै भयो अब पालैपालो पोस्ट गर्छु।’ उनले फेसबुकमा भिडिओ सन्देश जारी गर्दै सामाजिक सञ्जालमा आएका नकारात्मक कमेन्टहरूलाई अब सहेर चुपचाप नबस्ने बताएकी छिन्। साथै कानुनी उपचार खोज्ने समेत बताएकी थिइन्।
यस्तै समीक्षाले फेसबुकमा लेखेकी छन्, “सामाजिक सञ्जाल अब सुरक्षित महसुस हुने ठाउँ रहेन । चुप लागेर बसिरहँदा यस्ता मानिसहरूको हिम्मत झन् बढ्दै गइरहेको छ ।”
समीक्षाले केही दिनअघि आफूलाई नकारात्मक कमेन्ट गर्ने व्यक्तिको फेसबुक आइडी सार्वजनिक गरेकी थिइन्। पछि ती प्रयोगकर्ताले समीक्षालाई म्यासेज गर्दै माफी मागेका थिए। उक्त विषय पनि समीक्षाले सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन्।
केहि समयअघि अभिनेत्री ऋचा शर्माले पनि आफूमाथि अभद्र गाली गरिएको भन्दै स्क्रिनसट सहित सामाजिक सञ्जालमा एक पोस्ट गरेकी थिइन् ।












फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
विशेष महाधिवेशनमा उपस्थित हुन गुल्मी कांग्रेसको आग्रह
झापामा आगलागी हुँदा रु एक करोड ३० लाखको क्षति
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
प्रतिक्रिया