शुक्रबार, वैशाख १८, २०८३

श्रीमान्–श्रीमतीको झगडापछि चिया पसलमा आगलागी, श्रीमती फरार

मेरोन्यूज २०८२ असार १३ गते १९:२१

भद्रपुर । झापाको बिर्तामोड–१ स्थित बिर्तासिटी अस्पताल नजिक रहेको चिया–नास्ता पसलमा आगलागी भएको छ। टिनको छाना र टिनले बारिएको उक्त भुइँतले पसलमा आज अपराह्न ४ बजेको समयमा आगो लागेको हो।

Advertisement
NiccNicc

प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बलभद्र प्रसाईद्वारा सञ्चालित सो पसलमा उहाँकी ३८ वर्षीया श्रीमती सोइता प्रसार्इंले मादक पदार्थ सेवन पश्चात श्रीमान्सँगको झगडामा पेट्रोल छर्केर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। आगो लगाएको आरोप लागेकी सोइता हाल फरार रहेको प्रहरीले जनाएको छ।

स्थानीयवासी र बिर्तामोड नगरपालिकाको सहयोगमा २० मिनेटमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो। आगलागीबाट खाजा–नास्ता, भाँडाकुँडा, फ्रिजलगायत पसलभित्र रहेका सामग्री जलेर करिब दुई लाख ५० हजार बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

प्रतिक्रिया