कृषि र पशुपालनबाट किसानलाई आत्मनिर्भर बनाउँदै पाल्पाका दुई पालिका

तानसेन । यहाँका स्थानीय तहले कृषि र पशुपालनबाट आफ्नो क्षेत्रका किसानलाई आत्मनिर्भर बनाउने जमर्को गरेका छन् । तानसेन र रामपुर नगरपालिकाले किसानलाई कृषिमा आत्मनिर्भर बनाउने जमर्को गरेका हुन् ।
कृषिलाई प्राथमिकतामा राखेर काम गर्दै आएको तानसेन नगरपालिकाले नगर भित्रका किसानहरुलाई आत्मनिर्भर बनाउन कृषि सामग्री, बाख्रा र मौरीघार प्रदान गर्दै आएको छ ।आर्थिक विकास परियोजना अन्तर्गत नगरपालिकाले यहाँका किसानलाई बाख्रा, मौरीघार र अन्य कृषि सामग्रीहरु उपलब्ध गराउदै आएको हो ।
नगरको नीति तथा योजनाअनुसार आर्थिक विकास सङ्घ रेडासँग सहकार्य गर्दै नगरपालिकाले ११ वटा वडामा बाख्रा, कुखुरा, बिउबिजन वितरण गरिएको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए । उनले भने, ‘हामी कृषि र पशुपालनबाटै नगरको समृद्धि खोजिरहेका छौं, जबसम्म हामीले किसानलाई व्यावासायिक बनाउन सक्दैनौँ तबसम्म समृद्धि हासिल हुँदैन ।’
हालसम्म वडा नं. १ मेड्पाअन्तर्गत सिलाई मेसिन, वडा नं. ६ मा २० वटा बाख्रा, वडा नं. ७ मा २० वटा बङ्गुर, वडा नं. ८ का कृषकलाई २० वटा बाख्रा, वडा नं. ९ मा सुन्तला फलफूल वितरण, वडा नं. १० का कृषकलाई २२ वटा बिउपाठी र १ बिउ बोका उपहारको रूपमा प्रदान गरिएको छ ।
यसैगरी, वडा नं. ११ मा ५ हजार कुखुरा, ६२ वटा बाख्रा, एउटा बिउ बोका, २२ गोलासहित मौरी घार, वडा नं. १२ मा ५८ वटा हाते टयाक्टर, २९ कम्वायल, १२ कन्सेलर, प्रदान गरिएको नगरपालिका प्रवक्ता यादवसिंह कार्कीले जानकारी दिए । बाख्राका पाठापाठी अन्य कृषकलाई उपहार दिनेगरी बाख्रा प्रदान गरिएको हो ।
आर्थिक विकास सङ्घ रेडा पाल्पाका निर्देशक लीलाबहादुर कार्कीले किसानलाई प्रोत्साहन गर्दै कृषकका आवश्यकता र मागका आधारमा तानसेन नगरपालिकाको आर्थिक सहयोग र हेफर नेपालको प्राविधिक सहयोग, रेडाको सहजीकरणमा कृषि सामग्री उपलब्ध गराएको छ ।
साथै रामपुर नगरपालिकाले पनि कृषकको आयआर्जन बढाउन नगरभित्रका ३९ जनालाई ९५ मौरीका घार वितरण गरेको छ । पालिकाले ५० प्रतिशत अनुदानमा घार वितरण गरेको हो । मौरी पालनलाई व्यवसायिक रुपमा प्रवद्र्धन गर्न घार वितरण गरिएको नगरपालिकाकी उपप्रमुख बालकुमारी थापाले बताइन् ।
परम्परागत घारमा पुरानै शैलीमा मौरीपालन गर्दै आएका रामपुर –४ का किसान शेरबहादुर रानाले आधुनिक घार पाएपछि आफूमा उत्साह थपिएको बताए ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया