कांग्रेस र एमाले मिलाउने स्वार्थ समूहले बजेटमा चलखेल गर्यो : वर्षमान

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत बिचौलियाहरुको स्वार्थमा नीति ल्याएको बताएका छन् ।
पार्टी सम्बद्ध नेपाल उद्योग व्यापार महासंघको सचिवालय बैठक तथा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रमलाई शनिबार भक्तपुरमा सम्बोधन गर्दै पुनले रड बनाउन प्रयोग हुने स्पन्ज आइरन र तारजाली उद्योगका लागि आर्थिक चलखेलका आधारमा कर नीति ल्याइएको बताए ।
सत्ता निकट अमुक स्वार्थ समूहको फाइदाका लागि ल्याइएको नीतिका कारण अर्बौं लगानी गरेका अरु व्यवसायीको व्यवसाय धरापमा पर्ने र हजारौंको रोजगारी गुम्ने अवस्था आएको उनको भनाइ थियो ।
‘स्पन्ज आइरनमा लगाइँदै आएको करलाई १ प्रतिशत झारिएको छ । अर्को थरिलाई ५ प्रतिशत कर लगाइएको छ । यसरी त उद्योग चल्दैन । भएको रोजगारी पनि गुम्छ’, पुनले भने ।
उनले कानून बनाउनेदेखि बजेट निर्माण र ठेक्कापट्टामा समेत बिचौलियाकरण भएको भन्दै यो स्थितिको अन्त्य नगरी मुलुकमा राष्ट्रिय पुँजी निर्माण सम्भव नहुने उल्लेख गरे ।
‘बिचौलियाको स्वार्थमा राज्यका निकायले कानून बनाउने कुराले समाजवादको आधार निर्माण गर्दैन’, पुनले भने, ‘राष्टिय पुँजी निर्माण गर्ने र प्रतिस्पर्धी वातावरण बनाएरमात्र समाजवादको आधार तयार पार्न सकिन्छ ।’
त्यसका लागि सरकार र पार्टीहरु ‘पार्टी रुल अफ ल’ को सीमामा बस्नुपर्ने उनको भनाइ थियो ।
पुनले राज्यलाई दलाल पुँजीपतिको घेराबाट बाहिर निकाल्ने प्रयास गर्दा आफ्ना अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार ढालिएको प्रसंग दोहो¥याए ।
‘दलाल पुँजीपतिको घेराबाट राज्यलाई बाहिर ल्याउनुपर्छ भन्दा स्वार्थ समूहले दुई ठूला पार्टी कांग्रेस र एमालेलाई मिलाइदियो’, पुनले भने ।
पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले कृषि, जलविद्युत, सूचना प्रविधि र उत्पादनमूलक उद्योग आदिमा लगानी प्रवर्द्धन गर्न सके मुलुकमा राष्ट्रिय पुँजी निर्माण हुने औंल्याए ।
उनले नेपालका दुई छिमेकी चीन विश्वको दोस्रो र भारत तेस्रो ठूलो अर्थतन्त्र बन्दै गरेकाले त्यसको प्रत्यक्ष लाभ नेपालले लिन सक्नुपर्नेमा जोड दिए । त्यसका लागि एकतिर मात्र फर्कने परम्परागत नीतिबाट माथि उठेर उत्तर-दक्षिण समदूरीको सम्बन्ध विकासमा जोड दिनुपर्ने पुनले औंल्याए ।









उपमहासचिवमा लेखराज, योगेश र रघुवीर विजयी
एमाले महासचिवमा शंकर पोखरेल विजयी, पाण्डे दोस्रोपटक पराजित
एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी
चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
ओलीसँग भिड्न ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता
प्रतिक्रिया