एसीसी यु-१६ : इन्डोनेसियाविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौं । १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले अहिले इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ।
मलेसियामा जारी प्रतियोगितामा आइतबार बिहान टस जितेर इन्डोनेसियाले फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गर्न लागेको हो।यसअघि दुई खेलमा विजयी भएको नेपाल लगातार तेस्रो जितको लक्ष्यका साथ मैदानमा छ। पहिलो खेलमा सिंगापुर र दोस्रोमा जापानलाई हराएको नेपालको चार अंक छ।पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको छ। सिंगापुरले ३६.१ ओभरमा सबै विकेट गुमाएर १३८ रन बनाएको थियो।
जवाफी ब्याटिङका क्रममा नेपालले ३३.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो। नेपालको पहिलो जितमा ओपनर प्रसिद्ध जैशीले ९७ बलमा ५ चौकासहित ५५ रन बनाउँदा अर्का ब्याटर रौनक श्रीवास्तवले ४४ बलमा ५ चौका र १ छक्कासहित ४० रन बनाएका थिए।दोस्रो खेलमा नेपालले जापानलाई ८० रनमा समेटेको थियो। जापानलाई सस्तैमा समेट्न नेपालका लागि शुभम् खनालले १० ओभर बलिङ गर्दै तीन मेडनको साथमा १५ रन दिएर पाँच विकेट लिएका थिए।
जापानले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४ ओभर २ बलमा १ विकेट गुमाएर पूरा गरेको थियो। जापानविरुद्ध नेपालको जितमा शिवांश बजगाईँले सर्वाधिक ३८ रन जोड्दा प्रसिद्ध जैसीले ३३ रन बनाएका थिए।प्रतियोगितामा नेपालसहित १० टोली सहभागी छन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।
समूह ‘ए’ मा नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान तथा जापान छन् भने समूह ‘बी’ मा मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन्।










TU’s 51st Convocation: 16,380 students awarded with degrees
Former Home Minister Lekhak to record statement before commission
ज्याला उठाउनै मुस्किल भएपछि गलैँचा बुन्न छाड्दै महिला
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया