एसीसी यु-१६ : इन्डोनेसियाविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौं । १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले अहिले इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ।
मलेसियामा जारी प्रतियोगितामा आइतबार बिहान टस जितेर इन्डोनेसियाले फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गर्न लागेको हो।यसअघि दुई खेलमा विजयी भएको नेपाल लगातार तेस्रो जितको लक्ष्यका साथ मैदानमा छ। पहिलो खेलमा सिंगापुर र दोस्रोमा जापानलाई हराएको नेपालको चार अंक छ।पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको छ। सिंगापुरले ३६.१ ओभरमा सबै विकेट गुमाएर १३८ रन बनाएको थियो।
जवाफी ब्याटिङका क्रममा नेपालले ३३.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो। नेपालको पहिलो जितमा ओपनर प्रसिद्ध जैशीले ९७ बलमा ५ चौकासहित ५५ रन बनाउँदा अर्का ब्याटर रौनक श्रीवास्तवले ४४ बलमा ५ चौका र १ छक्कासहित ४० रन बनाएका थिए।दोस्रो खेलमा नेपालले जापानलाई ८० रनमा समेटेको थियो। जापानलाई सस्तैमा समेट्न नेपालका लागि शुभम् खनालले १० ओभर बलिङ गर्दै तीन मेडनको साथमा १५ रन दिएर पाँच विकेट लिएका थिए।
जापानले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४ ओभर २ बलमा १ विकेट गुमाएर पूरा गरेको थियो। जापानविरुद्ध नेपालको जितमा शिवांश बजगाईँले सर्वाधिक ३८ रन जोड्दा प्रसिद्ध जैसीले ३३ रन बनाएका थिए।प्रतियोगितामा नेपालसहित १० टोली सहभागी छन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।
समूह ‘ए’ मा नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान तथा जापान छन् भने समूह ‘बी’ मा मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन्।


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
प्रतिक्रिया