२३ दिनमै देशभरिका ८ अत्यन्तै कठिन अफ-रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप

काठमाडौं । रोडर पनि हो। यसले २३ दिनको अवधिमा नेपालका सबैभन्दा अग्ला र चुनौतीपूर्ण ८ स्थानहरूको यात्रा सफलतापुर्वक सम्पन्न गरी यस्तो साहसिक अभियान पूरा गर्ने विश्वकै पहिलो पिकअप बन्न सफल भएको छ। यो केवल परीक्षण मात्र नभई कठिन भौगोलिक अवस्थामा असली क्षमता, विश्वसनीयता र इनोभेसन प्रदर्शन गर्ने एक ऐतिहासिक चुनौती पनि थियो।
टुनल्यान्ड G7 ले आफ्नो यात्रा दार्चुलाको हिकिला (२,३०० मिटर) बाट यात्रा सुरु गरेर नेपालको सीमा कोरला (४,६६० मिटर) सम्म पुग्यो। यस ऐतिहासिक यात्रामा टुनल्यान्ड G7 ले फलामे (२,४५० मि), खाङ्सार (३,७०० मि), सन्दकपुर (३,६३६ मि), ढोरपाटन (३,००० मि), गुफा पोखरी (२,८९० मि) हुँदै जुम्ला (२,५१५ मि) सम्मका कठिन र दुर्गम गन्तव्यहरू सफलतापूर्वक पार गर्यो। यी सबै स्थानहरू अग्ला मात्र नभई, अप्ठ्यारा ट्र्याकहरू, ठाडा उकालो र असमान भूभागका लागि पनि परिचित छन्। तर टुनल्यान्ड G7 ले सबै चुनौती सहज रूपमा पार गर्दै आफैंलाई केवल हाइवेका लागि मात्र नभई हिमाली भूभागका लागि पनि निर्माण गरिएको हो भन्ने प्रमाणित गर्यो।
१६० हर्सपावर र ३९० एनएम टर्क क्षमतासहितको भएको टुनल्यान्ड G7 ले अफ-रोड यात्रा क्रममा प्रभावशाली प्रदर्शन गर्यो। R18 टायरले हिलो र ढुंगामा उत्कृष्ट ग्रिप प्रदान गरे भने, २२५ मिमि ग्राउन्ड क्लियरेन्सले विभिन्न अवरोधहरू सहजै पार गर्न सक्षम बनायो। यसमा समावेश हिल होल्ड र हिल डिसेन्ट कन्ट्रोल जस्ता एडभान्स्ड फिचरहरूले अत्यन्तै ठाडो उकालो र ओरालोहरूमा पनि गाडीलाई सजिलै नियन्त्रणमा राख्न मद्दत गर्यो। कठिन उकालो मार्गहरूमा समेत G7 को यात्रा सहज, नियन्त्रणयोग्य र विश्वसनीय रहनुले यसको इन्जिनियरिङ क्षमताको प्रमाण दिन्छ।
बाहिरबाट शक्तिशाली देखिने टुनल्यान्ड G7, भित्री डिजाइन र सुविधाका हिसाबले भने अत्यन्तै आरामदायक र प्रिमियम अनुभव प्रदान गर्छ। चुनौतीपूर्ण यात्राको दौरान, प्यानोरामिक सनरूफ, तातो–चिसो मिलाउन सकिने १२ मोडमा मिलाउन सकिने इलेक्ट्रिक सिट, १२.३ इन्च टचस्क्रिन, स्मार्ट पुश–स्टार्ट र अटोमेटिक एसी लगायतका प्रिमियम फिचरहरूको भरपुर उपयोग गर्दै यात्राको रोमाञ्चकता थप अनुभूत गरेका थिए। यस्ता सुविधाहरूले कठिन यात्रा सहज र स्मरणीय बनाए, जसले यात्रुहरूमा टुनल्यान्ड G7 प्रतिको आत्मविश्वास र सन्तुष्टि झनै बढाएको थियो।
यो ऐतिहासिक यात्रा नेपालमै सञ्चालन गरिएको विस्तृत परीक्षण अभियानको एक महत्वपूर्ण हिस्सा थियो। यसको मुख्य उद्देश्य केवल शोरुममा गाडी प्रदर्शन गर्नु होइन, प्रत्यक्ष रूपमै गाडीको क्षमताको प्रमाण देखाउनु थियो। विशेषगरी विश्वका कठिनतम भूभागहरूका लागि डिजाइन गरिएको टुनल्यान्ड G7 ले आफूलाई केवल सक्षम पिकअपको रूपमा मात्र होइन, नेपालमा ४x४ पिकअपको परिभाषा नै पुनःनिर्धारण गर्ने सवारीको रूपमा स्थापित गरिरहेको छ। यसले भरपर्दो शक्ति, उच्च प्रदर्शन क्षमता र व्यावहारिकतासँगै कठिन भौगोलिक क्षेत्रहरूमा समेत उत्कृष्ट अनुभव प्रदान गर्ने स्पष्ट संकेत दिएको छ।
एमएडब्लू वृद्दि कमर्शियल भेइकल प्रा. लि. नेपालको व्यावसायिक सवारी क्षेत्रको प्रमुख कम्पनी हो। यसले भरपर्दो, शक्तिशाली र आधुनिक प्रविधियुक्त सवारी साधनहरू प्रदान गर्दै आएको छ। फोटोन ब्रान्डका गाडीहरूका लागि नेपालमा आधिकारिक वितरकको रूपमा एमएडब्लू वृद्दिले नेपाली सडक र व्यवसायका आवश्यकता अनुरूपका उत्कृष्ट प्रविधि र सेवाहरू ल्याएको छ। ग्राहक सन्तुष्टि, आफ्टर सेल्स सर्भिस र दीर्घकालीन मूल्यमा केन्द्रित यो कम्पनीले नेपालको व्यावसायिक यातायात क्षेत्रलाई अगाडि बढाउँदै लैजाने लक्ष्य राखेको छ।









बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
प्रतिक्रिया