सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दै

काठमाडौं। । संघीय संसद अन्तर्गतका ४ वटा समितिको बैठक बस्दैछ ।
संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन् ।
जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ । जुन बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने सांसदहरूसँग छलफल गरिनेछ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भने विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ । जुन बैठक बिहान ८ः३० बजेवाट सुरू हुनेछ ।
विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै अजेन्डा भन्सार विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । जुन बैठक बिहान ११ः०० बजे बोलाइएको छ भने संसदीय सुनुवाइ समितिमा सुनुवाइ हुन बाँकी सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश र न्याय परिषदका सदस्यको सुनुवाइ गरिनेछ । जुन बैठक बिहान ८ः०० बजेवाट सुरू हुनेछ ।
















आज कुन फलफूल तथा तरकारी मूल्य कती ?
यस्तो छ आजको मौसम पूर्वानुमान
दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
प्रतिक्रिया