आइतबार, फागुन १०, २०८२

अध्यक्ष प्रचण्डद्वारा दक्षिण एशीयाली शारिरिक सुगठन प्रतियोगिता विजेता खेलाडीहरूलाई बधाई

मेरोन्यूज २०८२ असार १६ गते ९:५९

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भुटानको थिम्पूमा गत जुन ११ देखि १५ सम्म सम्पन्न १५औं दक्षिण एशीयाली शारिरिक सुगठन प्रतियोगितामा पदक जित्न सफल नेपाली खेलाडीहरूलाई बधाई ज्ञापन गरेका छन्।

Advertisement
nepal life insurencenepal life insurence

अध्यक्ष प्रचण्डले विशेष गरी महिला एथलेटिक फिजिक समूहमा स्वर्ण पदक जितेकी उर्मिला श्रेष्ठको प्रशंसा गर्दै समग्र टिम नेपालको उत्कृष्ट प्रदर्शनप्रति खुशी व्यक्त गर्नुभयो। उनले भने, “खेल त्यसमा पनि शारीरिक सुगठन खेल राज्यको नजरमा कम पर्ने गरेको छ। अब राज्यले यस क्षेत्रलाई प्राथमिकतामा राखी थप सहयोग गर्नुपर्छ। म मेरो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु।” प्रतियोगितामा नेपालले उल्लेखनीय सफलता हात पारेको छ।

५५ केजी तौल समूहमा सरद सुवालले रजत पदक जितेका छन् भने महिला एथलेटिक फिजिक समूहमा उर्मिला श्रेष्ठले स्वर्ण पदक, शीला ठकुरीले रजत पदक जितेर नेपालको झण्डा फर्फराएका छन्। उक्त समूहमा भारतकी सारा काँस्य पदक विजेता बनेकी छन्। त्यसैगरी, पुरुष स्पोर्ट्स फिजिक १७५ से.मी. मुनीको समूहमा नेपालका अवतार श्रेष्ठले रजत पदक जितेका छन्।

पुरुष स्पोर्ट्स फिजिक १७५ से.मी. माथिको समूहमा प्रतिस्पर्धा गरेका नेपालका प्रनिश श्रेष्ठले पाँचौं स्थान हासिल गरेका छन्। अध्यक्ष प्रचण्डले नेपाली खेलाडीहरूको मिहिनेत र समर्पणको खुलेर प्रशंसा गर्दै आगामी दिनमा शारीरिक सुगठनजस्ता खेलहरूलाई समेत राज्यले आवश्यक सम्मान र स्रोत साधन उपलब्ध गराउनु पर्नेमा जोड दिए।

प्रतिक्रिया