शुक्रबार, वैशाख १८, २०८३

तिलाहारमा बेठीका साथ रोपाइँ

मेरोन्यूज २०८२ असार १७ गते १७:०४

भोजपुर। तिलाहारमा बेठी लगाएर रोपाइँ गरिएको छ। पञ्चैबाजा बजाएर भोज खुवाई पौवादुङमा– १ श्यामशीलाका धनबहादुर पाण्डले १९ हल गोरुसहित १८० जना खेतालाले रोपाइँ गरेका हुन्।

Advertisement
NiccNicc

गाउँघरका सबै भेला भएर पञ्चैबाजा बजाएर ६५ रोपनीमा रोपाइँ गरिएको हो। परम्परा लोप हुन नदिन बेठी गरिएको किसान पाण्डेले बताए। उत्सवका साथ रोपाइँ गरिएको जानकारी दिँदै उनले परम्पराको संरक्षणका लागि साबिक तीन वटा वडाका स्थानीय भेला भएर रोपाइँ गरिएको बताए।

बेठीलाई जमिनको विवाहका रूपमा लिइने स्थानीय इन्द्रबहादुर पाण्डेले बताए। पञ्चैबाजासहित असारे भाकामा गरिएको रोपाइँमा खेतालाबाहेक ज्येष्ठ नागरिक पनि सहभागी भएका थिए।

प्रतिक्रिया