बुधबार, वैशाख २३, २०८३

एमालेले माग्यो रामहरि खतिवडाको राजीनामा

मेरोन्यूज २०८२ असार १८ गते १३:५१

काठमाडाैं । सत्ताको नेतृत्व दल नेकपा एमालेले पनि प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा माग गरेको छ।

Advertisement
NiccNicc

एमाले सांसद पदम गिरीले आजको बैठकमा खतिवडाको राजीनामा माग गरेका हुन्।

‘यो नेपालको संसद्को इतिहासमा लज्जास्पद स्थिति हो। प्रतिवेदनमा समितिको सभापति र सचिवको हस्ताक्षर छ,’ उनले भने, ‘हेर्ने अन्तिम दायित्व उहाँहरूको हो। जिम्मेवारी लत्याएर गैरजिम्मेवार बनेको देखियो। नैतिकताको हिसाबले जिम्मेवारीमा रहन मिल्दैन।’

त्यस्तै उनले समिति सभापतिसँगै सचिवले पनि पदमा रहिरहन नमिल्ने बताए।

प्रतिक्रिया