कुलिङ पिरियडसम्बन्धी व्यवस्था तोडमोड गर्नेलाई कारबाही गर्न माओवादीकाे माग

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले प्रतिनिधिसभा, राज्य व्यवस्था समितिबाट पारित सङ्घीय निजामती विधेयकमा रहेको ‘कुलिङ पिरियड’सम्बन्धी व्यवस्था तोडमोड गर्नेलाई कारबाही गर्न माग गरेको छ ।
पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले सो प्रकरणको निष्पक्ष छानबिन गर्न माग गरे ।
“विधेयक कार्यसूचीमा समावेशदेखि पारित गर्ने क्रमसम्म विचार गर्दा यो एकाध व्यक्तिले मात्र गरेको होइन । यो सुनियोजित तरिकाले गरिएको हुनसक्छ । यसको जिम्मा नैतिक रूपमा संसद्को नेतृत्वले समेत लिनुपर्छ”, सापकोटाले भने ।
उनले नेपाल शिक्षक महासङ्घसँग संसद्बाट असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने सहमति भए पनि हालसम्म पारित नहुन दुःखद् भएको टिप्पणी गरे । “सहमति कार्यान्वयन गर्नुपर्नेमा सरकारका सरोकार भएका पक्षहरूबीचको अन्तरविरोध बाहिर देखिनुले सरकार सहमतिप्रति गम्भीर नभएको पुष्टि हुन्छ”, उनले भने ।
प्रवक्ता सापकोटाले शिक्षा विधेयक यथाशीघ्र पारित गरी शिक्षकलाई आन्दोलनका लागि बाध्य नपार्न आग्रह गरे । माओवादीले विपद्बाट हुनसक्ने क्षतिको पूर्वानुमान गर्दै क्षति कम गर्न र राहत तथा उद्धारमा आवश्यक तयारी गर्न सरकारसँग माग गरेको छ ।
प्रवक्ता सापकोटाले कृषि क्षेत्रको समग्र समस्या समाधान गर्दै कृषकहरूलाई आवश्यक पर्ने मल, बीउ तत्काल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए । रासस

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया