आज २०८२ साल असार १९ गते बिहीबारको राशिफल

काठमाडौं । आज २०८२ साल असार १९ गते बिहीबार। असार शुक्ल पक्षको अष्टमी तिथि। तदनुसार सन् २०२५ जुलाई ३ तारिख। गोरखकाली पूजा। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। विद्यार्थीहरूको विचारमा परिवर्तन आउनेछ। कार्यक्षेत्रमा मातापिता को सल्लाह अवश्य लिनुहोला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।
वृष : नोकरी वा पेशामा आफ्नो प्रतिभालाई देखाउने अवसर मिल्नेछ। आत्मविश्वासले निर्णय लिनुहोस् सफलता मिल्नेछ। गोप्य कुराहरू कसैसँग उजागर नगर्नुहोस। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।
मिथुन : सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ। नोकरी वा पेशामा सहयोगीहरूले साथ दिनेछन्। परिश्रम गर्दा व्यापारलाई बढाउन सकिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
कर्कट : सानातिना कुरामा वचन दिने बानीले अप्ठ्यारो परिस्थिति निम्त्याउन सक्छ। अरुको विश्वास जित्न सकिनेछ। आकस्मिक धनलाभका योग छन्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।
सिंह : धर्मकर्ममा मन रमाउनेछ। आर्थिक समस्याले सताउनेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोस्। साहित्य वा कलाको क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।
कन्या : समय अनुसार आफूलाई अनुकूल बनाउँदै जानुहोस्। सामाजिक दायित्व निर्वाहमा सफलता मिल्नेछ। आयआर्जनका नयाँ स्त्रोतहरू बन्नेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
तुला :पारिवारिक उत्तरदायित्व बढ्नेछ। कार्यक्षेत्रमा कुनै अपेक्षित कार्यले व्यस्त भइनेछ। मानसिक तनावबाट मुक्ति मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।
वृश्चिक : दीर्घकालीन महत्वकांक्षी योजनाहरू पूरा हुनेछन्। सबैतिरबाट सद्भाव प्राप्त हुनेछ। रोकिएका महत्वपूर्ण कामहरू थालनी हुनेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।
धनु : कार्यक्षेत्रमा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। अरुको वादविवादमा आफू अगाडि नसर्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
मकर : सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। विद्यार्थी वर्गहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। संगीत र कलाको क्षेत्रमा रुचि बढ्नेछ। स्वास्थ्य सबल हुनुका साथै इच्छाशक्तिमा वृद्धि हुनेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक २ रहेको छ।
कुम्भ :सरकारी नोकरीमा सफलता मिल्नेछ। लगनशीलताले शत्रुहरू पराजित हुनेछन्। व्यापार व्यवसाय वा घरपरिवारमा संवेदनशील मामलाहरूमा धैर्यताको परिचय दिनुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।
मीन :दाम्पत्य जीवन सुमधुर रहनेछ। साझेदारी व्यापारमा लाभ मिल्नेछ। महत्वकांक्षी योजनाहरू प्रारम्भ गर्न सक्नुहुनेछ। पायक स्थानमा भ्रमणका योग छन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।









एनपीएलमा सुदूरपश्चिमको लगातार चौथो जित
भ्रष्टाचारसम्बन्धी तीन मुद्दामा शेख हसिनालाई २१ वर्षको जेल सजाय
इन्डोनेसियामा ६.६ म्याग्निच्युडको भूकम्प
श्रमिक–कर्मचारीको सामाजिक सुरक्षालाई बोझका रूपमा नलिन प्रधानमन्त्रीको आग्रह
लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १४४ रनको लक्ष्य
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया