भीरकोटका उत्कृष्ट नौ कृषक सम्मानित

वालिङ । स्याङ्जाको भीरकोट नगरपालिकाले पालिकाभित्रका उत्कृष्ट नौ कृषकलाई सम्मान गरेको छ । लामो समयदेखि व्यावसायिकरुपमा कृषि गर्दै आएका नगरका नौ उत्कृष्ट कृषकलाई नगरपालिकाले प्रोत्साहनस्वरुप सम्मान गरेको हो ।
नगरपालिकाले कृषि विकास कार्यक्रमअन्तर्गत कृषकलाई १० हजार नगदसहित प्रमाणपत्रले सम्मान गरेको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताए। नगरपालिकाका नौ वटै वडामा कृषि कर्म गर्दै आएका कृषक तथा कृषक समूहलाई सम्मानका लागि आवेदन आव्हान गरिएको र सोही आवेदनका आधारमा उत्कृष्ट कृषकका रुपमा छनोट गरी सम्मान गरिएको उनले बताए।
‘कृषि कर्म गर्दै आएका १८ कृषक तथा कृषक समूहको आवेदन प्राप्त भएको थियो’, उनले भने, ‘प्राप्त आवेदनका आधारमा स्थलगत अनुगमन गरेर मूल्यांकन तथा छनोट समितिबाट सिफारिस भइआएका कृषकलाई सम्मान गरेका हौं ।’
सम्मानित हुनेहरुमा वडा नं २ का खाद्यान्न तथा नगदे बाली उत्पादक कृषक कृष्णबहादुर अधिकारी, वडा नं ३ का कृषक लोकबहादुर खत्री, वडा नं ६ का गाईपालक कृषक कमल गोदार, वडा नं ६ कै भैँसीपालक कृषक शिव खत्री, वडा नं ७ का फलफूलखेती गर्ने कृषक श्यामप्रसाद अर्याल, वडा नं ७ कै फलफूलखेती गर्ने व्यावसायिक कृषक ननिता अर्याल राना, वडा नं ८ का नवीनतम कार्य अन्तर्गत बाख्राको दूधबाट चीज लगायतका परिकार उत्पादनमा सक्रिय कृषक डिलबहादुर गुरुङ र वडा नं ९ का बाख्रापालक कृषक भेमराज रेग्मीलाई नगदसहित सम्मान गरिएको हो ।
सम्मानित हुनेमा सात पुरुष किसान र दुई महिला किसान रहेका छन् । कृषकलाई उत्पादन वृद्धि गर्नुका साथै कृषि पेशालाई व्यावसायिक बनाउन कृषक सम्मानले थप प्रोत्साहन र उर्जा मिल्ने प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीले बताए। लामो समयदेखि कृषि कर्म गर्दै आएका कृषकलाई छनोट गरी सम्मान गर्ने कार्यले आफूजस्ता अन्य सयौँ कृषकलाई थप उर्जा र प्रोत्साहन पुग्ने दाबी भीरकोट-८ का बाख्रापालन व्यवसाय गर्दै आएका डिलबहादुर गुरुङले बताए।
‘गाउँमै बसेर कृषि कर्म गर्दा पनि सम्मानित भइने रहेछ भन्ने देखिएको छ’, उनले भने, ‘जसकाकारण आगामी दिनमा व्यवसाय प्रवर्द्धनका लागि थप प्रोत्साहन र उर्जा मिलेको महसुस गरेको छु ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
प्रतिक्रिया