फुटबलर डियोगो जोटाको कार दुर्घटनामा निधन

काठमाडौं । इंग्लिस क्लब लिभरपुलका पोर्चुगिज स्टार फरवार्ड डियोगो जोटाको कार दुर्घटनामा निधन भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार स्पेनको जमोरा प्रान्तमा भएको दुर्घटनामा २८ वर्षीय जोटाको ज्यान गएको हाे। दुर्घटनामा जोटासँगै उनका भाइ आन्द्रेको समेत निधन भएको छ।
स्पेनको जमोरा प्रान्तनजिक ए–५२ राजमार्गमा बिहान साढे १२ देखि साढे एक बजे (स्थानीय समय)को बीचमा उनीहरु कार दुर्घटनामा परेका थिए । चलाइरहेको कार अनियन्त्रित भएर सडकमबाट बाहिर गएर आगलागी भएपछि दुवैले घटनास्थलमै ज्यान गुमाएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।
प्रारम्भिक अनुसन्धानले सुरुवातमा कारको टायर फुटेपछि गाडी अनियन्त्रित भएको देखिएकाे बताइएकाे छ ।
जोटाले भर्खरै आफ्नो बाल्यकालकी प्रेमिका रुटे कार्डोसोसँग विवाह गरेका थिए। उनीहरु १६ वर्षदेखि सँगै थिए र उनीहरूको तीन सन्तान छन्।
यो जोडीले जुन २२ मा जोटाको गृह नगर पोर्टोमा विवाह गरेका थिए। रुटेले हिजो सामाजिक सञ्जालमा विवाहका थप तस्वीरहरू साझा गर्दै लेखेकी थिइन्: ‘मेरो सपना पूरा भयो।’ जोटाले कमेन्ट गर्दै लेखेका थिए: ‘म नै भाग्यमानी हुँ।’
जोटा लिभरपुलको २०२४/२५ सिजनको प्रिमियर लिग विजेता टोलीका सदस्य थिए, जसमा उनले २६ खेलमा ६ गोल गरेका थिए। उनले पोर्चुगलको राष्ट्रिय टोलीबाट पनि खेलेका थिए र गत महिना स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै नेशन्स लिग जित्न मद्दत गरेका थिए।














सुनचाँदीको मूल्य वृद्धि, आज कतिमा हुँदैछ काराेबार ?
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
सहर र विदेश छाडेर खेतीमा लागेका ध्रुव- १२० मुरी धान भित्र्याए
लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा
चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया