मंगलबार, वैशाख २२, २०८३

रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्ने प्रहरीका सई हेडक्वाटर तानिए

मेरोन्यूज २०८२ असार २० गते १५:४६

काठमाडौं। सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्ने सई प्रहरी प्रधान कार्यालय तानिएका छन् ।

Advertisement
NiccNicc

जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँके दरबन्दी भएका सई कमल खड्का प्रधान कार्यालय तानिएका हुन् ।

रास्वपाले लामिछानेमाथि प्रतिशोध भएको भन्दै देशैभरी हाल हस्ताक्षर अभियान चलाएको छ। सइ खड्काले पनि केही दिनअघि नेपालगञ्जमा हस्ताक्षर गरेका थिए। बर्दी लगाएर ड्युटी खटिएको अवस्थामै उनले लामिछानेको पक्षमा हस्ताक्षर गरेको फोटो बाहिरिएपछि प्रहरी प्रधान कार्यालयले छानविन थालेको हो।

सहकारी ठगीको मुद्दामा लामिछाने हाल भैरहवा कारागारमा छन्।

प्रतिक्रिया