बुधबार, वैशाख १६, २०८३

गृहमन्त्री लेखकद्वारा जिप्रका बैतडीको निरीक्षण

मेरोन्यूज २०८२ असार २१ गते १४:४०

बैतडी । गृहमन्त्री रमेश लेखकले जिल्ला प्रहरी कार्यालयमा निरीक्षण गरेका छन्। लेखकले आज बिहान जिप्रकाको अनुगमन तथा निरीक्षण गरेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।

Advertisement
NiccNicc

निरीक्षणका क्रममा लेखकले जिप्रकालगायत जिल्लाका अन्य प्रहरी युनिट र शान्तिसुरक्षाका अवस्थामा जानकारी लिएका छन्।

गृहमन्त्री लेखकलाई भवन अभावलगायत विषयमा जानकारी गराइएको प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताए। उनले भने, ‘जिप्रकामा महिला बालबालिका सेवा केन्द्र र व्यारेक भवन निर्माण आवश्यक बजेट पहलका लागि आग्रह गरेका छौँ ।’

जवाफमा गृहमन्त्रीले आफ्नो कार्यकालमा भवन निर्माण बजेटको व्यवस्था गर्ने बताएका थिए। गृहमन्त्री लेखकले जिल्लाका समग्र शान्तिसुरक्षाका बारेमा पनि जानकारी लिएका थिए।

गृहमन्त्री लेखकले आज बिहान यहाँको जगन्नाथ मन्दिरमा दर्शन गरेका छन्। गृहमन्त्री लेखकको आजै बैतडीबाट फिर्ता हुने कार्यक्रम छ ।

प्रतिक्रिया