भारत र बङ्गलादेश सन् २०२६ सम्मका लागि क्रिकेट खेल श्रृङ्खलालाई स्थगित गर्न सहमत

भारत र बङ्गलादेशबीच आगामी महिना हुने भनिएको क्रिकेट ह्वाइट बल श्रृङ्खलाको छ वटा खेल सन् २०२६ सम्मका लागि स्थगित गरिएको दुवै देशका राष्ट्रिय क्रिकेट बोर्डले शनिबार जानकारी दिएका छन् । ढाकामा अगस्ट १७ देखि तीन एकदिवसीय र तीन टि–२० खेलको श्रृङ्खला सुरु हुने तयारी भएको थियो ।
गत वर्ष ढाकामा भएको जनविद्रोहले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि भारत र बङ्गलादेशबीचको राजनीतिक सम्बन्धमा चिसोपन आएको छ । बङ्गलादेश क्रिकेट बोर्ड (बिसिबी) र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले खेल श्रृङ्खलालाई सार्न सहमति जनाएका छन् ।
“अन्तर्राष्ट्रिय क्रिकेट प्रतिबद्धता र दुवै टोलीको तालिकाको सुविधालाई ध्यानमा राखेर यो निर्णय गरिएको हो,” विज्ञप्तिमा भनिएको छ। बङ्गलादेशको बिसिबीले सन् २०२६ सेप्टेम्बरमा भारतलाई स्वागत गर्न आतुर रहेको बताएको छ । सन् २०२४ को अगष्टमा विद्यार्थी नेतृत्वको विद्रोहबाट हेलिकप्टरबाट भागेर नयाँदिल्ली पुगेकी हसिनाको बिषयलाई लिएर ढाकामा गहिरो आक्रोश छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार गत वर्षको जुलाईदेखि अगष्टसम्ममा हसिनाको सरकारले सत्तामा टिकिराख्न गरेका असफल प्रयासका क्रममा प्रदर्शनकारीमाथि कारबाही गर्न आदेश दिएपछि भएका झडपमा एक हजार ४०० जनाको मृत्यु भएको थियो । बङ्गलादेशमा सन् २०२६ को सुरुमा चुनाव हुने अपेक्षा गरिएको छ ।


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
प्रतिक्रिया