नेकपा एसको सचिवालय बैठक जारी, झाँक्रीको स्पष्टीकरणबारे छलफल हुने
मेरोन्यूज
२०८२ असार २२ गते १३:१९

काठमाडौं । नेकपा एसको सचिवालय बैठक अहिले बसिरहेको छ । विहीबार केहीबेर बसेर महासचिव घनश्याम उपाध्यायको अस्वस्थाको कारण देखाउँदै स्थगित बैठक केहीबेरअघिबाट सुरू भएको हो ।
आजको बैठकमा पतञ्जली जग्गा प्रकरणमा अध्यक्ष माधवकुमार नेपालमाथि लागेको भ्रष्टाचार मुद्दा, समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।
यस्तै रामकुमारी झाँक्रीले अनुशासन आयोगले सोधेको स्पष्टीकरणबारे दिएको जवाफमाथि पनि छलफल हुनेछ ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालविरुद्ध पतञ्जलि जग्गा घोटाला अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको सन्दर्भमा झाँक्रीले नेपालविरुद्ध अभिव्यक्ति दिएकी थिइन्।
त्यसपछि पार्टीले उनलाई स्पष्टीकरण सोधेको थियो । उनले आफूलाई पत्र नपठाएर नेताहरुले सञ्चार माध्यमबाट स्पष्टीकरण सोधेको भन्दै सचिवालय बैठकमै पुगेर जवाफ पत्र बुझाएकी छन् ।
सम्बन्धित










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया