स्वदेश फर्कियो नेपाली महिला टिम, साम्बा भन्छिन्– ठूलो अवसर गुमायाैं

काठमाडाैं । नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी एसियन कप छनोट खेलेर सोमबार बिहान स्वदेश आइपुगेको छ।
उज्वेकिस्तानमा भएको समूह ‘एफ’ को छनोटको खेलमा नेपाल निर्णायक खेलमा पराजित भएको थियो। निर्णायक खेलमा नेपालले उज्वेकिस्तानसँग पराजय भोग्दा सन् २०२६ मा हुने वुमन्स एसियन कपमा छनोट हुन असफल भएको थियो। साथै नेपाल फिफा महिला विश्वकप र ओलम्पिक छनोटबाट पनि बाहिरिएको थियो। छनोटमा फरवार्ड सावित्रा भण्डारी साम्बाले पहिलो पटक कप्तानको जिम्मेवारी पाएकी थिइन्।
साेमबार एयरपाेर्टमा सञ्चारकर्मीसँग कुरा गर्दै साम्बाले उज्वेकिस्तानमा भएको छनोटमा सफल नभए पनि धेरै सकारात्मक ऊर्जा लिएर फर्किएको बताइन्। खेलमा नेपाली टालीको प्रस्तुति देखेर सबैले सकारात्मक नै कुरा गरेको भन्दै यसले अझै प्रोत्साहित गरेको उनी बताउँछिन् ।
‘समग्रमा नतिजा हेर्ने हो भने हामीभन्दा माथिल्लो तहको टिमसँग राम्रो नै खेलेको देखिन्छ । यसले सकारात्मक सन्देश दिएको छ । हामीले खेलेको देखेर सबैले सकारात्मक नै कुरा गर्नु भएको छ, यसले पनि हामी प्रोत्साहित छौँ’ साम्बाले भनिन् ।
याे प्रतियोगिता नेपाली फुटबलको लागि एकदमै ठूलो अवसर रहेको भन्दै परिणाम दिन नसकेको कुराले सधैं सताइरहने उनकाे भनाइ छ । ‘यो खेल एकदमै ठूलो अवसर थियो । राम्रो खेलेका थियौं जस्तो लागेको थियो । तर, राम्रो परिणाम दिन सकेनौ । यो कुराले सताइरहन्छ,’ साम्बाले भनिन्।











बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया