मोबाइल बैंकिङ एपबाटै पाँच लाखसम्मको ऋण, ‘फोन लोन’को सुविधा सुरु

काठमाडौं । अब कुनै कागजी प्रक्रिया, धितो राख्नुपर्ने झन्झट वा बैंक धाउनुपर्ने आवश्यकता बिना नै मोबाइल बैंकिङ एपबाट पाँच लाखसम्मको तत्काल कर्जा प्राप्त गर्न सकिने सुविधा सुरु भएको छ । फोन लोनमार्फत सुरु गरिएको यो सेवा विशेषगरी आम नागरिकका साना–ठूला इच्छा र आवश्यकता पूरा गर्न सहज, छिटो र सुरक्षित विकल्पका रूपमा ल्याइएको हो ।
फोन लोनले प्रयोगकर्तालाई मासिक किस्तामा सजिलै तिर्न मिल्ने गरी सहज रूपमा कर्जा उपलब्ध गराउँछ । हाल यो सेवा कृषि विकास बैंक, सिटिजन्स, कुमारी, लक्ष्मी सनराइज, नेपाल इन्भेस्टमेन्ट मेगा, नबिल, माछापुच्छ्रे, प्रभु र एनआईसी एसिया बैंकका मोबाइल बैंकिङ एपमार्फत प्राप्त गर्न सकिन्छ ।
सेवा लिनका लागि योग्यतासम्बन्धी जानकारी र नियम–सर्तहरू फोनेलोनको आधिकारिक वेबसाइटमा पढ्न सकिनेछ । आफ्नो योग्यता जाँच गरी आजै आफ्नो बैंकको मोबाइल एपबाट आवेदन दिन सकिने सुविधा उपलब्ध छ ।
फोन लोनसम्बन्धी थप जानकारी वा जिज्ञासाहरूका लागि सम्बन्धित बैंकमा सम्पर्क गर्न वा फोन लोनको वेबसाइटको सम्पर्क पृष्ठ प्रयोग गर्न समेत सकिनेछ । यदि हाल फोन लोनका लागि योग्य नभएमा आफ्नो बैंक खाताबाट नियमित आम्दानी, स्थिर मौज्दात र समयमै लोन भुक्तानीजस्ता व्यवहार सुनिश्चित गरेर भविष्यमा योग्य बन्ने तयारी गर्न सकिनेछ ।
फोन लोनले आधुनिक प्रविधिको उपयोगमार्फत कर्जा प्रक्रियालाई अझ सहज, छरितो र सर्वसुलभ बनाउने लक्ष्य लिएको जनाएको छ ।













आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान सुरु
बुद्ध एयर जहाज दुर्घटना अपडेट : सहचालक सहित सात यात्रु सामान्य घाइते
विदेशी मुद्राको विनिमयदर: अमेरिकी डलरको भाउ निरन्तर उकालो
पुस १९ गते शनिबारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रतिक्रिया