वाइसीएल नेपालले श्रम तथा उत्पादन अभियान चलाउने

काठमाडौं। वाइसीएल नेपालको केन्द्रीय समितिको दोश्रो पूर्ण बैठक भर्चुअल माध्यमबाट बसि ‘श्रम तथा उत्पादनमा वाईसीएल‘ नामक दुई महिने श्रम अभियान संचालन गर्ने निर्णय गरेको छ ।
असार १७ र १८ गते भौतिक रुपमा बसेको पदाधिकारी बैठकले गरेका निर्णयहरु आजको बैठकले अनुमोदन गरेको हो ।
अभियानको उद्घाटन साउन १ गते केन्द्रमा पार्टी अध्यक्ष प्रचण्डले गर्ने भएका छन् । बैठकलाई पार्टी केन्द्रीय सदस्य तथा फ्याक्सर्न इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले सम्बोधन गरेका थिए । बैठकलाई सम्बोधन गर्दै सबै एकतावद्ध भई संगठनले गरेका निर्णय कार्यान्वयन गर्न र अभियान सफल पार्न आह्वान गरे ।
प्रकृतिजन्य विपद व्यवस्थापनलाई आफ्नो मूूख्य कार्यक्रममा समेट्दै विपद व्यवस्थापन एस।टी।एफ गठन गरेको छ । विपद व्यवस्थापन पूर्व तयारी स्वरुप आफ्नो जनशक्ति तयारी अवस्थामा राख्ने पनि निर्णय गरेको वाईसीएल अध्यक्ष पुष्प ओलीले बताए ।
उनका अनुसार उत्पादनमा कृषि, उद्योग, व्यापार (डिजिटल व्यापार) का क्षेत्रमा ठोस योजना बनाएको छ ।
- बैदेशिक रोजगारमा हुने ठगीका विरुद्ध संघर्ष गर्ने
- सरकारी कार्यालयमा हुने ढिलासुस्ती तथा ठगीका विरुद्ध संघर्ष गर्ने
- निर्माण भईरहेका सरकारी कामहरुको भ्रष्टाचार, ठगी र ढिलासुस्ती विरुद्ध सघर्ष गर्ने ।
- भाद्रपछि आयोजना गर्नेगरी १६–२५ को उमेर समुहलाई लिएर ‘पोलिटीकल युथ कन्सर्ट’ को तयारी गर्ने ।
- कात्तिक १७ मा हुने उपचुनावको तयारी गर्ने ।
- सबै तह र तप्काका कमरेडहरुको कामको मुल्याकंन चार्ट बनाउने ।
- विभागहरुलाई चुस्त र छरितो एंव कामकाजी बनाउने । विभागका क्षेत्राधिकार प्रयोग गरी आ–आफ्ना सापेक्षतामा कार्यक्रमहरु बनाउने । केन्द्रिय कार्यालबाट अनुमोदन गरी योजनाहरु लागु गर्ने ।
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया