रसुवागढीको बाढीले सवारीसाधन आयातमा ठूलो अवरोध सिर्जना : नाइमा

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवागढीमा मंगलवार आएको बाढीले पु-याएको क्षतिप्रति दुःख व्यक्त गरेकाे छ ।
नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले एक विज्ञप्ति जारी गर्दै रसुवागढी बाढीले सवारीसाधन आपूर्तिमा ठूलो अवरोध सिर्जना भएको बताएकी छन् । विभिन्न चाडपर्व नजिकिँदै गर्दा बाढीको कारण नाका नै बन्द हुँदा चीनबाट सवारी साधन तथा अन्य सामान आपूर्तिमा ठूलो समस्या निम्त्याएको उनले उल्लेख गरेकी छन्।
उनले रसुवागढी भन्सारमा रहेको ‘मितेरी पुल’ बगाएको घटनाले नेपालको सवारी आपूर्ति प्रणालीमा ठूलो प्रभाव पारेको विज्ञप्तिमा भनिएकाे छ ।
‘ चिनियाँ भन्सारबाट क्लियर भइसकेका गाडीहरू अझै नेपाल प्रवेश गर्न सकेका छैनन् । यसले न केवल आयातकर्तालाई आर्थिक धक्का पुर्याएको छ, चाडपर्वको तयारीमा रहेका उपभोक्ता र बजार प्रणालीमा समेत प्रत्यक्ष असर पारेको छ’ विज्ञप्तिमा उल्लेख छ ।
चीनबाट नेपालमा भित्रिने ६० प्रतिशतभन्दा बढी सवारीसाधन रसुवागढी भन्सार हुँदै आयात हुने गरेको अध्यक्ष वैद्यको भनाइ छ ।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया