रसुवागढीको बाढीले सवारीसाधन आयातमा ठूलो अवरोध सिर्जना : नाइमा

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवागढीमा मंगलवार आएको बाढीले पु-याएको क्षतिप्रति दुःख व्यक्त गरेकाे छ ।
नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले एक विज्ञप्ति जारी गर्दै रसुवागढी बाढीले सवारीसाधन आपूर्तिमा ठूलो अवरोध सिर्जना भएको बताएकी छन् । विभिन्न चाडपर्व नजिकिँदै गर्दा बाढीको कारण नाका नै बन्द हुँदा चीनबाट सवारी साधन तथा अन्य सामान आपूर्तिमा ठूलो समस्या निम्त्याएको उनले उल्लेख गरेकी छन्।
उनले रसुवागढी भन्सारमा रहेको ‘मितेरी पुल’ बगाएको घटनाले नेपालको सवारी आपूर्ति प्रणालीमा ठूलो प्रभाव पारेको विज्ञप्तिमा भनिएकाे छ ।
‘ चिनियाँ भन्सारबाट क्लियर भइसकेका गाडीहरू अझै नेपाल प्रवेश गर्न सकेका छैनन् । यसले न केवल आयातकर्तालाई आर्थिक धक्का पुर्याएको छ, चाडपर्वको तयारीमा रहेका उपभोक्ता र बजार प्रणालीमा समेत प्रत्यक्ष असर पारेको छ’ विज्ञप्तिमा उल्लेख छ ।
चीनबाट नेपालमा भित्रिने ६० प्रतिशतभन्दा बढी सवारीसाधन रसुवागढी भन्सार हुँदै आयात हुने गरेको अध्यक्ष वैद्यको भनाइ छ ।
















Home Secretary presents insignia to IGP Poudel
सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक
भूमिहीन नागरिकहरूको पहिचान गरी दीगो समाधान गरिने : प्रधानमन्त्री शाह
होर्मुजमा जहाज आवागमन सहज बनाउन अमेरिकाले प्रोजेक्ट फ्रीडम’ सुरु गर्दै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया