गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

गाजाको नागरिक सुरक्षा निकायले बुधबार इजरायली हवाई आक्रमणमा कम्तीमा २२ जना नागरिकको मृत्यु भएको पुष्टि गरेको छ । मृतकमध्ये कम्तीमा छ जना बालबालिका रहेका छन् । एजेन्सीका प्रवक्ता महमुद बस्सालका अनुसार, खान युनिसको पश्चिमी क्षेत्रमा पर्ने अल–मावासी क्षेत्रमा एकै परिवारका १० जना सदस्य एकै आक्रमणमा ज्यान गुमाएका हुन् ।
अर्को हवाई आक्रमण गाजा सिटीको नजिकैको अल–शाटी शरणार्थी शिविरमा भएको थियो, जहाँ १० जना मारिएका र ३० भन्दा बढी घाइते भएका छन् । बस्सालका अनुसार, अल–शाटीमा मारिएका व्यक्तिहरू दुई फरक परिवारका हुन् । इजरायली सेनाले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
“विस्फोट यति ठूलो थियो कि भूकम्पजस्तै महसुस भयो,” प्रत्यक्षदर्शी ४० वर्षीय जुहेयर जुडेहले भने । यी आक्रमण इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच वाशिंगटनमा गाजामा हमासविरुद्ध जारी सैन्य अभियानबारे छलफल भइरहेका बेला भएका हुन् ।
“अब त हामीसँग भगवान् बाहेक अरू केही बाँकी छैन,” ३६ वर्षीया अबीर अल–शर्बासीले आक्रमणपछि भन्नुभयो । गाजा सिटीको अल–शिफा अस्पतालमा सयौं जना शोकमा डुबेका नागरिक आफ्ना प्रियजनको अन्तिम विदाइमा सहभागी भएका थिए । अस्पतालका निर्देशक मोहम्मद अबु सलमियाले बुधबार बिहान पत्रकारहरूसँग कुरा गर्दै इन्धन अभावका कारण अस्पताल केही घण्टाभित्रै सेवा बन्द हुने चेतावनी दिए।
इजरायली आक्रमण र आपूर्ति प्रतिबन्धका कारण गाजाको स्वास्थ्य प्रणाली निकै संकटमा परेको छ । सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा एक हजार २१९ जनाको मृत्यु भएको थियो, जसमा धेरैजसो सर्वसाधारण थिए । सोही घटनामा अपहरण गरिएका २५१ जनामध्ये अझै ४९ जना गाजामै बन्धक छन्, जसमा २७ जनाको मृत्यु भइसकेको इजरायली सेनाले जनाएको छ ।
इजरायलको प्रतिआक्रमणमा अहिलेसम्म गाजामा ५७ हजार ६८० भन्दा बढी मानिस मारिएको हमास–नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । संयुक्त राष्ट्रसंघले यी तथ्याङ्कलाई विश्वसनीय मानेको छ ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया