टी२० विश्वकप छनोट : कुबेत र जापानसँगै समूह ‘बी’ मा पर्यो नेपाल
मेरोन्यूज
२०८२ असार २६ गते १७:२२

काठमाडौं। ट्वान्टी–२० विश्वकप एसियाली तथा पूर्वी एसियाली क्षेत्रीय छनोटमा नेपालले पहिलो चरणको प्रतिस्पर्धामा नेपालले कुवेत र जापानसँग खेल्ने भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बिहीबार सार्वजनिक गरेको समूह विभाजनमा नेपाल, कुवेत र जापान समूह ‘बी’मा परेका हुन् ।
सहभागी ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको थियो, जसअनुसार समूह ‘ए’मा संयुक्त अरब इमिरेट्स, मलेसिया र कतार छन् भने समूह ‘सी’मा ओमान, पपुवा न्यु गिनी र समओले प्रतिस्पर्धा गर्नेछन् ।
सिंगल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धापछि समूहका शीर्ष दुई टोलीले ‘सुपर सिक्स’मा स्थान बनाउने छन् । सुपर सिक्सका शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्ने ट्वान्टी–२० विश्वकपमा स्थान बनाउने छन् ।
ओमानमा हुने छनोट प्रतियोगिता अक्टोबर ८ देखि १७ सम्म चल्नेछ ।
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया