टी२० विश्वकप छनोट : कुबेत र जापानसँगै समूह ‘बी’ मा पर्यो नेपाल
मेरोन्यूज
२०८२ असार २६ गते १७:२२

काठमाडौं। ट्वान्टी–२० विश्वकप एसियाली तथा पूर्वी एसियाली क्षेत्रीय छनोटमा नेपालले पहिलो चरणको प्रतिस्पर्धामा नेपालले कुवेत र जापानसँग खेल्ने भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बिहीबार सार्वजनिक गरेको समूह विभाजनमा नेपाल, कुवेत र जापान समूह ‘बी’मा परेका हुन् ।
सहभागी ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको थियो, जसअनुसार समूह ‘ए’मा संयुक्त अरब इमिरेट्स, मलेसिया र कतार छन् भने समूह ‘सी’मा ओमान, पपुवा न्यु गिनी र समओले प्रतिस्पर्धा गर्नेछन् ।
सिंगल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धापछि समूहका शीर्ष दुई टोलीले ‘सुपर सिक्स’मा स्थान बनाउने छन् । सुपर सिक्सका शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्ने ट्वान्टी–२० विश्वकपमा स्थान बनाउने छन् ।
ओमानमा हुने छनोट प्रतियोगिता अक्टोबर ८ देखि १७ सम्म चल्नेछ ।
सम्बन्धित











बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया