मंगलबार, वैशाख २२, २०८३

काठमाडौं महानगरको बजेट सीमा २५ अर्ब

मेरोन्यूज २०८२ असार २७ गते १४:३४

काठमाडौं । काठमाडौं महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सम्पन्न भएकाे छ ।

Advertisement
NiccNicc

मेयर बालेन शाहको अध्यक्षमा महानगरको कार्यालय, काठमाडौं प्लाजामा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सीमा निर्धारण गरेको हो । बैठकले आगामी आर्थिक वर्षका लागि करिब २५ अर्ब ११ करोड बजेटको सीमा निर्धारण गरेको छ ।

बैठकमा मेयर शाहले जनचाहना अनुरुप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिए।

चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजश्व परामर्श समितिले निर्णय समेत गरेको छ। आजै बस्ने ४० औँ नगरकार्यपालिका बैठकले बजेट ल्याउने मिति तय गर्नेछ।

प्रतिक्रिया