नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः देउवा

गलकोट (बागलुङ) ।कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य रहेको बताएका छन्।
बागलुङको बिहुँ निवासी प्रतिनिधिसभाका पूर्वसदस्य एवं कांग्रेसका निष्ठावान नेता गोविन्दप्रसाद शर्मा कँडेलको निधन भएको १३औँ दिनको पुण्यतिथिमा आज कांगे्रसले यहाँ आयोजना गरेको श्रद्धाञ्जलीसभामा उहाँले कँडेल बिपीको पथमा हिँड्ने निष्ठावान र इमान्दार नेताका रूपमा रहेको उल्लेख गरे।
“उहाँ संसाद हुनुभयो, कहिल्यै लाभको पदमा बस्न खोज्नुभएन, सधैँ जनताको पक्षमा वकालत गर्दै हिँड्नुभयो उनको निष्ठा बिपीसँग मिल्छ”, देउवाले भने, “देश र राष्ट्रका लागि उनको योगदान अतुलनीय छ, नेपाली राजनीतिमा उनको नाम स्वर्ण अक्षरमा लेखिने छ, उनको मार्गलाई अन्य कांग्रेसका नेता तथा कार्यकर्ताले पछ्याउन आवश्यक छ।” उनले राजनीतिमा इमान र प्रतिष्ठा कमाएका कँडेलको निधनले कांग्रेसलाई ठूलो क्षति पुर्याएको भन्दै चिन्ता व्यक्त गरे।
प्रतिनिधिसभाका पूर्वसदस्य कँडेलको यही असार १५ गते आइतबार निधन भएको थियो। चितवनस्थित छोरीको घरबाट स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जाने तयारीमा रहेका उनको निधन भएको थियो।
विसं २०४८ को प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नं १ मा नेपाली कांग्रेसका तर्फबाट विजयी कँडेल प्रजातान्त्रिक आन्दोलनका अगुवा तथा सादगी र इमान्दार नेताका रूपमा परिचित थिए।
बहुदलीय व्यवस्था प्राप्तिको आन्दोलनमा निरन्तर क्रियाशील कँडेल नेपाली कांग्रेस बागलुङका पूर्वसभापति थिए। विसं २०४६ आन्दोलनका क्रममा जेल परेका उनी बहुदलपछि जिल्ला सभापति र सांसद बनेका थिए। उनी विसं १९९५ पुस १० गते काठेखोला गाउँपालिका वडा नं ६ बिहुँकोटमा जन्मिएका थिए।















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया