एनपीएलको अक्सनका लागि खेलाडी दर्ता प्रक्रिया खुला
मेरोन्यूज
२०८२ असार २८ गते २०:४७

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली खेलाडीहरूको अक्सनमा सहभागी हुन आवश्यक दर्ता प्रक्रिया सुरु भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार एक विज्ञप्ति जारी गर्दै इच्छुक खेलाडीहरूलाई अनलाइन फाराम भरेर दर्ता गर्न आग्रह गरेको हो।https://npl-t20.com/registration लिंकमार्फत हुने यो दर्ता प्रक्रिया साउन ६ गतेसम्म खुला रहनेछ। प्रत्येक खेलाडीले १ हजार रुपैयाँ दर्ता शुल्क तिर्नुपर्नेछ।
हालै फ्रेन्चाइज टोलीहरूबाट रिलिज भएका खेलाडीहरू तथा अक्सनमा सहभागी हुन चाहने नेपाली खेलाडीले अनलाइनमार्फत नाम टिपाउनुपर्ने क्यानले सूचनामा उल्लेख छ।

सम्बन्धित













राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने
पाटेबाघको आक्रमणबाट एक सातामा ३ जनाको मृत्यु
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
प्रतिक्रिया