मंगलबार, वैशाख ८, २०८३

साउथका चर्चित खलनायक कोटा श्रीनिवासको निधन

मेरोन्यूज २०८२ असार २९ गते १५:२०

काठमाडौं । तेलुगु सिनेमा उद्योगका दिग्गज अभिनेता कोटा श्रीनिवास रावको ८३ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि बिरामी रहेका उनले हैदराबादको जुबली हिल्सस्थित आफ्नो निवासमा अन्तिम सास लिए।

Advertisement
NiccNicc

रिपोर्टका अनुसार, अभिनेता श्रीनिवास विगत केही दिनदेखि अस्वस्थ थिए । अभिनेताले २ दिनअघि मात्र आफ्नो ८३ औं जन्मदिन मनाएका थिए ।

श्रीनिवासको जन्म सन् १९४२ मा आन्ध्र प्रदेशको कृष्णा जिल्लाको कान्कीपाडुमा भएको थियो। उनले १९७८ मा फिल्म ‘प्रणम खारीदु’ बाट आफ्नो फिल्मी करियर सुरु गरेका थिए। चार दशकभन्दा बढीको आफ्नो करियरमा उनले तेलुगु, तमिल, कन्नड र हिन्दी सहित ७५० भन्दा बढी फिल्महरूमा काम गरे।

अभिनेताले हिन्दी फिल्म प्रतिघात, रक्त चरित्र र टाइगर श्राफको बागीमा पनि खलनायकको भूमिका निर्वाह गरेका छन् ।

भारतीय सिनेमामा उनको महान योगदानको लागि, उनलाई २०१५ मा पद्मश्री पुरस्कारले सम्मानित गरिएको थियो। यस बाहेक, उनलाई अन्य धेरै पुरस्कारहरू पनि प्रदान गरिएको थियो। अभिनयका साथै उनी राजनीतिमा पनि सक्रिय थिए। उनी १९९९ देखि २००४ सम्म विजयवाडा पूर्वी विधानसभाबाट भाजपा विधायक पनि थिए।

प्रतिक्रिया