इजरायली आक्रमणमा इरानका राष्ट्रपति घाइते भएको खुलासा

काठमाडौं । इजरायलले गत महिना इरानमा गरेको हवाई आक्रमणका क्रममा राष्ट्रपति मसूद पेजेश्कियन सामान्य घाइते भएको इरानियन रिभोल्युसनरी गार्डसँग आबद्ध समाचार समिति-फार्सले जनाएको छ । उनको खुट्टामा चोट लागेको जनाइएको छ ।
इरानको रेभुलेसनरी गार्डसँग निकट फार्स न्युज एजेन्सीका अनुसार १६ जुनका दिन तेहरानको अन्डरग्राउन्डमा लक्षित गर्दै बम प्रहार हुँदा उनी घाइते भएका थिए। राष्ट्रपति राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा सहभागी भएकै समयमा आक्रमण भएको थियो।
त्यस समयमा राष्ट्रपतिको गोडामा चोट लागेको थियो। सार्वजनिक भएको भिडियोमा उत्तर पश्चिम तेहरानमा भीषण आक्रमण भएको थियो।
फाेर्स न्युजका अनुसार मानिस प्रवेश गर्ने ६ वटा ढोका नै इजरायलको आक्रमणको कारण नास भएका थिए। सो समयमा बत्तीको लाइन समेत काटिएको थियो। यसका बाबजुद राष्ट्रपति पेजेस्कियन सुरक्षित रूपले बाहिर निस्कन सफल भएको समाचारमा उल्लेख छ।








एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
राष्ट्रपति पौडेलद्वारा किन्डर ओलम्पिक मस्कर्टको अनावरण
नेपाली कांग्रेस अर्घाखाँचीले प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया