कोरियाको आईसीटी निर्यातमा लगातार वृद्धि

सिओल, । सेमिकन्डक्टरको माग बढ्दै गएकाले दक्षिण कोरियाको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) सामानको निर्यात लगातार पाँचौँ महिना बढेको छ।
दक्षिण कोरियाको व्यापार, उद्योग तथा ऊर्जा मन्त्रालयका अनुसार, जुन महिनामा सूचना तथा सञ्चार प्रविधि सम्बन्धी सामानको निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.७ प्रतिशतले बढेर २२ अर्ब तीन करोड अमेरिकी डलर बराबर पुगेको छ। फागुन महिनादेखि निर्यात वृद्धिको क्रम जारी छ।
विशेष गरी जनरेटिभ कृत्रिम बौद्धिकता (कृबौ) प्रयोग हुने डबल डाटा दर ५ (डीडीआर५) चिपहरूको माग उच्च रहँदा चिप निर्यात ११.५ प्रतिशतले बढेर १४ अर्ब ९८ करोड डलर पुगेको छ, जुन अहिलेसम्मकै उच्चतम हो।
कम्प्युटर तथा त्यससँग सम्बन्धित उपकरणको निर्यात पनि १२.७ प्रतिशतले बढेर एक अर्ब ४५ करोड डलर पुगेको छ। तर, सञ्चार उपकरणको निर्यात भने ०.७ प्रतिशतले घटेर २० करोड डलरमा सीमित भयो।
त्यस्तै, मोबाइल फोनको निर्यात ६.२ प्रतिशतले घटेर ७९ करोड डलरमा पुगेको छ।
जुन महिनामा सूचना तथा सञ्चार प्रविधि सामग्रीको आयात भने १४ प्रतिशतले बढेर १२ अर्ब ४१ करोड डलर पुगेको छ। यसले गर्दा सो क्षेत्रमा व्यापार नाफा नाै अर्ब ६२ करोड डलर कायम भएको मन्त्रालयले जनाएको छ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया