कोरियाको आईसीटी निर्यातमा लगातार वृद्धि

सिओल, । सेमिकन्डक्टरको माग बढ्दै गएकाले दक्षिण कोरियाको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) सामानको निर्यात लगातार पाँचौँ महिना बढेको छ।
दक्षिण कोरियाको व्यापार, उद्योग तथा ऊर्जा मन्त्रालयका अनुसार, जुन महिनामा सूचना तथा सञ्चार प्रविधि सम्बन्धी सामानको निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.७ प्रतिशतले बढेर २२ अर्ब तीन करोड अमेरिकी डलर बराबर पुगेको छ। फागुन महिनादेखि निर्यात वृद्धिको क्रम जारी छ।
विशेष गरी जनरेटिभ कृत्रिम बौद्धिकता (कृबौ) प्रयोग हुने डबल डाटा दर ५ (डीडीआर५) चिपहरूको माग उच्च रहँदा चिप निर्यात ११.५ प्रतिशतले बढेर १४ अर्ब ९८ करोड डलर पुगेको छ, जुन अहिलेसम्मकै उच्चतम हो।
कम्प्युटर तथा त्यससँग सम्बन्धित उपकरणको निर्यात पनि १२.७ प्रतिशतले बढेर एक अर्ब ४५ करोड डलर पुगेको छ। तर, सञ्चार उपकरणको निर्यात भने ०.७ प्रतिशतले घटेर २० करोड डलरमा सीमित भयो।
त्यस्तै, मोबाइल फोनको निर्यात ६.२ प्रतिशतले घटेर ७९ करोड डलरमा पुगेको छ।
जुन महिनामा सूचना तथा सञ्चार प्रविधि सामग्रीको आयात भने १४ प्रतिशतले बढेर १२ अर्ब ४१ करोड डलर पुगेको छ। यसले गर्दा सो क्षेत्रमा व्यापार नाफा नाै अर्ब ६२ करोड डलर कायम भएको मन्त्रालयले जनाएको छ।
















नेपालमा हुन लागेकाे साफ महिला च्याम्पियनसिपको उद्घाटनमा आज बङ्गलादेश र भुटान भिड्दै
पूजा महतोको कप्तानीमा नेपालले एसिया कप खेल्ने
33 days to HoR elections: EC active for code of conduct enforcement; 21 explanations sought
बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया