राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस आगामी शनिबार हुने

काठमाडौं । हिमालयन चेस एकेडेमीको आयोजनामा ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता’ शनिबार हुने भएको छ ।
गत वर्ष अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) स्थापनाको शतबार्षिकीको अवसरमा हिमालयन १०० आयोजना गरिएको थियो, जहाँ १ सय खेलाडी सहभागि थिए । उक्त प्रतियोगिता फिडेको विश्वव्यापी अभियानअन्तर्गत् गिनिज वल्र्ड रेकर्ड्समा दर्ता भएको थियो । त्यसैको दोस्रो संस्करण ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु’ को रुपमा सञ्चालन गर्न लागिएको हो । दोस्रो संस्करणमा दुई सय खेलाडीको सहभािगता रहनेछ ।
हिमालयन चेस एकेडेमीकी अध्यक्ष मोनालिशा खम्बू भन्छिन्, ‘पहिलो संस्करणमा १ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए, यसपालि २ सय खेलाडी खेल्दैछन् । र, यो संख्याले नेपालमा सबभन्दा बढी खेलाडी सहभागि हुने ब्लिट्ज चेस प्रतियोगिताको रेकर्ड बनाउनेछ ।’ खुम्बुकाअनुसार एकदिने प्रतियोगितामा खुलासहित १७ स्पर्धामा ६७ हजार रुपिया पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
नेपाल बिलियर्ड, स्नुकर तथा पुल संघका केन्द्रीय सदस्यसमेत रहेका राजेन्द्र केसी भोटेबहाल युवा क्लबका पूर्वअध्यक्ष पनि हुन् । उनको ४४ वर्षको उमेरमा २०७७ जेठ २५ गते देहान्त भएको थियो । उनकी धर्मपत्नी वन्दना खड्काले भनिन्, ‘उहाँ बालबालिकालाई एकदमै माया गर्नुहुन्थ्यो । त्यसैले उहाँको स्मृतिमा चेस प्रतियोगिता आयोजना गर्न लागिएको हो । यो प्रतियोगिताले बालबालिकालाई अनुशासित बन्नेसँगै बौद्धिक विकासमा सहयोग पुग्ने विश्वास गरेकी छु ।’
त्रिपुरेश्वरस्थित वोगनभिल्लामा हुने खुलातर्फका विजेताले १० हजार, उपविजेताले ७ हजार र तेस्रो हुनेले ५ हजार पाउनेछन् । खुलातर्फ उत्कृष्ट १०, यू १५ मा शीर्ष ७ सहित सबै स्पर्धाका विजेताले नगद पुरस्कार पाउनेछन् । प्रतियोगितामा खुला, यू १५ बाहेक महिला, भेट्रान, फिडे रेटिङ १७०० मुनि, १५०० मुनि, अनरेटेड, यू १३, यू ११, यू ९, यू ७ र बेस्ट एचसीए स्पर्धासमावेश गरिएको छ । उमेर समूह र बेस्ट एचसीएमा गल्र्स र ब्वाइजका दुवै स्पर्धामा राखिएको छ ।
२०८० साल चैत १ गते स्थापित हिमालयन चेस एकेमेडीले आयोजना गर्न लागेको आठौं वटा प्रतियोगिता हो राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु । उसले एसईई कप, हिमालयन १०० फर गिनिज वल्र्ड रेकर्ड्स, हिमालयन तीज चेस टोर्नी, प्यट्रिओटिक पन च्याम्पियनसिप, हिमालयन डुओ, हिमालयन ब्लिज कप र देशकै पहिलो फ्रिस्टाइल चेस प्रतियोगिता हिमालयन फ्रिस्टाइल च्याम्पियनसिप सफलतापूर्वक आयोजना गरेको थियो ।


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
प्रतिक्रिया