राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस आगामी शनिबार हुने

काठमाडौं । हिमालयन चेस एकेडेमीको आयोजनामा ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता’ शनिबार हुने भएको छ ।
गत वर्ष अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) स्थापनाको शतबार्षिकीको अवसरमा हिमालयन १०० आयोजना गरिएको थियो, जहाँ १ सय खेलाडी सहभागि थिए । उक्त प्रतियोगिता फिडेको विश्वव्यापी अभियानअन्तर्गत् गिनिज वल्र्ड रेकर्ड्समा दर्ता भएको थियो । त्यसैको दोस्रो संस्करण ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु’ को रुपमा सञ्चालन गर्न लागिएको हो । दोस्रो संस्करणमा दुई सय खेलाडीको सहभािगता रहनेछ ।
हिमालयन चेस एकेडेमीकी अध्यक्ष मोनालिशा खम्बू भन्छिन्, ‘पहिलो संस्करणमा १ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए, यसपालि २ सय खेलाडी खेल्दैछन् । र, यो संख्याले नेपालमा सबभन्दा बढी खेलाडी सहभागि हुने ब्लिट्ज चेस प्रतियोगिताको रेकर्ड बनाउनेछ ।’ खुम्बुकाअनुसार एकदिने प्रतियोगितामा खुलासहित १७ स्पर्धामा ६७ हजार रुपिया पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
नेपाल बिलियर्ड, स्नुकर तथा पुल संघका केन्द्रीय सदस्यसमेत रहेका राजेन्द्र केसी भोटेबहाल युवा क्लबका पूर्वअध्यक्ष पनि हुन् । उनको ४४ वर्षको उमेरमा २०७७ जेठ २५ गते देहान्त भएको थियो । उनकी धर्मपत्नी वन्दना खड्काले भनिन्, ‘उहाँ बालबालिकालाई एकदमै माया गर्नुहुन्थ्यो । त्यसैले उहाँको स्मृतिमा चेस प्रतियोगिता आयोजना गर्न लागिएको हो । यो प्रतियोगिताले बालबालिकालाई अनुशासित बन्नेसँगै बौद्धिक विकासमा सहयोग पुग्ने विश्वास गरेकी छु ।’
त्रिपुरेश्वरस्थित वोगनभिल्लामा हुने खुलातर्फका विजेताले १० हजार, उपविजेताले ७ हजार र तेस्रो हुनेले ५ हजार पाउनेछन् । खुलातर्फ उत्कृष्ट १०, यू १५ मा शीर्ष ७ सहित सबै स्पर्धाका विजेताले नगद पुरस्कार पाउनेछन् । प्रतियोगितामा खुला, यू १५ बाहेक महिला, भेट्रान, फिडे रेटिङ १७०० मुनि, १५०० मुनि, अनरेटेड, यू १३, यू ११, यू ९, यू ७ र बेस्ट एचसीए स्पर्धासमावेश गरिएको छ । उमेर समूह र बेस्ट एचसीएमा गल्र्स र ब्वाइजका दुवै स्पर्धामा राखिएको छ ।
२०८० साल चैत १ गते स्थापित हिमालयन चेस एकेमेडीले आयोजना गर्न लागेको आठौं वटा प्रतियोगिता हो राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु । उसले एसईई कप, हिमालयन १०० फर गिनिज वल्र्ड रेकर्ड्स, हिमालयन तीज चेस टोर्नी, प्यट्रिओटिक पन च्याम्पियनसिप, हिमालयन डुओ, हिमालयन ब्लिज कप र देशकै पहिलो फ्रिस्टाइल चेस प्रतियोगिता हिमालयन फ्रिस्टाइल च्याम्पियनसिप सफलतापूर्वक आयोजना गरेको थियो ।











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया