मुस्ताङको छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’

मुस्ताङ। यहाँको बारागुङ मुक्तिक्षेत्र-२ छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’ निर्माण थालनी गरिएको छ। यहाँ हाइअल्टिच्युड ट्रेनिङ सेन्टर निर्माण गर्ने गण्डकी प्रदेश सरकारको लक्ष्यअनुरूप प्रारम्भिक चरणमा खेल मैदान निर्माण थालनी गरिएको हो।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत चालु आर्थिक वर्षमा विनियोजित ३० लाखमा खेलमैदान निर्माण सुरु गरिएको सामाजिक विकास कार्यालय मुस्ताङका प्रमुख निरपति दर्जीले जानकारी दिए। समुद्री सतहदेखि तीन हजार ९०० मिटर उचाइमा रहेको बारागुङ–२ छेङ्गुर गाउँ माथिको पाखोमा मैदान निर्माण सुरु भएको उनको भनाइ छ। ‘चालु आवमा विनियोजित बजेटले स्थानीय उपभोक्ता समितिमार्फत खेलमैदान निर्माणको काम भएको हो,’ उनले भने, ‘सीमित बजेटमा यसपटक मैदानको जमिन सम्याउने, फिलिङ गर्ने, कटिङ गर्ने र ग्रेड मिलाउने काम सम्पन्न भएको छ।’
उपभोक्ता समितिका सचिव गमबहादुर गुरुङले सीमित बजेटले प्रारम्भिक चरणका पूर्वाधार निर्माणअन्तर्गत फुटबल मैदान निर्माण भएको बताए। ‘अब स्टेज, प्यारापिट, ड्रेन र रङरोगनलगायत काम बाँकी छन्,’ उनले भने।
स्थानीय धावा छिरिङ गुरुङले यहाँ सुविधासम्पन्न हाइअल्टिच्युड खेलमैदान निर्माण भएमा खेल पर्यटनको विकासमा ठूलो योगदान पुग्ने बताए। गण्डकी प्रदेश सरकारले हाइअल्टिच्युड अन्तरराष्ट्रिय ट्रेनिक सेन्टर निर्माण गर्ने लक्ष्यअनुरुप खेल मैदान निर्माण प्रारम्भ गरेको र यसलाई पूर्णथता दिनुपर्ने उनको भनाइ छ।
यहाँ नजिकै मुक्तिनाथ मन्दिर र अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत विश्वकै अग्लो उचाइमा रहेको भनिएको थोरङ्लापास यसै स्थान नजिकै रहेको छ। पछिल्लो सयम सडक यातायातको पहुँचसमेत भएकाले यहाँ अन्तर्राष्ट्रिय हाइअल्टिच्युड ट्रेनिङ सेन्टर पूर्वाधार उपयुक्त भएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङजिन नामगेल गुरुङले उल्लेख गरे। यहाँको पर्वतीय क्षेत्रमा सबै किसिमका खेलकुदको उपयुक्त प्रशिक्षण दिन सकिने र यसका लागि सरकारले छिटोभन्दा छिटो पूर्वाधार निर्माणमा जोड दिनुपर्ने उनको आग्रह छ।
मुक्तिनाथ क्षेत्रमा अन्तर्राष्ट्रिय हाइअल्टिच्युड ट्रेनिङ सेन्टर बनेमा मुस्ताङको मात्रै नभई समग्र गण्डकी प्रदेशकै खेल पर्यटनको विकास हुने जनप्रिय युवा क्लबका अध्यक्ष कैसाङ ठोक्या गुरुङले उल्लेख गरे।
प्रदेश सरकारले यहाँ ट्रेनिक सेन्टर निर्माणका लागि ५७० रोपनी जग्गा आफ्नो नाममा ल्याउने योजना बनाएको छ।
















यामाहा FZS FI हाइब्रिड एक हप्तामै सोल्ड आउट, नयाँ ब्याचका लागि प्रि-बुकिङ खुला
प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटुमा शक्तिशाली भूकम्प
कृषि सामग्री कार्यालय जनकपुरधामद्वारा ४३ करोडको रासायनिक मल बिक्री
दराजको ‘४.४ नव वर्ष उत्सव’ सार्वजनिक, यस्ता छन् अफर
सांसदहरूसँग छलफलमा प्रधानमन्त्री बालेन, कोठे बैठक भन्दै हर्कले गरे बहिष्कार
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
प्रतिक्रिया