अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु

काठमाडौं। अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ ।
लुइजियाना राज्यको हाइवे ८० मा भएको कार दुर्घटनामा परी लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय रजन यादव र २० वर्षीय रोजिन ओलीको मृत्यु भएको हो । घटनामा अन्य दुई जना घाइते भएका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार भारी वर्षा आँधीबेहरी भइरहेकाे बेला कार अनियन्त्रित भइ सडक छेउमा रहेको रूखमा ठोक्किएर दुर्घटनामा परेको हाे ।
दुर्घटनामा घाइते भएका दुईजनाको एक स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
दुर्घटनापछि लुइजियाना टेक विश्वविद्यालयले जुलाई १४ तारिख एक सार्वजनिक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेको छ । विश्वविद्यालयका अध्यक्ष जिम हेन्डरसन ले फेसबुकमार्फत् लेखेका छन्, “हामी हाम्रो विश्वविद्यालयमा ‘केयरिङ’ अर्थात् एकअर्काको हेरचाहलाई उच्च मूल्यको रूपमा लिन्छौं । आज र सधैं एकअर्काको ख्याल राखौं ।”
















नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल
आज कुन तरकारिको मूल्य कती ?
‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
इरानका विदेशमन्त्री अराघची किन गए चीन ?
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया