घुस बार्गेनिङ गर्ने मन्त्रीलाई तत्काल पक्राउ गरियोस् : ज्ञानेन्द्र शाही (भिडियाे)

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले आजमात्रै पदबाट राजीनामा दिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पक्राउ गर्न माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै गुप्ताले मन्त्री पदबाट राजीनामा दिएर मात्रै नपुग्ने भन्दै पक्राउ गरेर छानबिन गर्न उनले माग गरे । ‘राजीनामा दिँदैमा समाधान हुँदैन । तत्काल पक्राउ गरेर छानबिन गरियोस् । उनीहरूमाथि छानबिन गरियोस् । गिनिज बुकमा नाम लेखाउनुस् । अहिलेको सरकारले भ्रष्टाचारीको पनि देश हो भनेर नाम लेखाओस्,’ उनले भने ।
सचेतक शाहीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् भ्रष्टाचार गर्ने ठाउँ भएको टिप्पणी गरे । ‘पहिला-पहिला एउटा चलन थियो अहिले पनि छ । ज्ञान नपाए काशी जानु, न्याय नपाए गोरखा जानु, भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा जानु । खुलमखुला मन्त्री क्वार्टरमा गएर पैसा दिइएको छ । मन्त्रीले राजीनामा दिएर स्वीकृत हुन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बनाएका छौँ, यो देशमा । अख्तियारले के गरेर बसेको छ ?,’ उनले भने ।
भिडियाे :












कम्पनीको कागजात दुरूपयोग गरी ‘ई सेवा’मार्फत करोडौँ रकम कारोबार गर्ने उप्रेती पक्राउ
यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज थोक मूल्य
पूर्वमन्त्री एवम् नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
प्रतिक्रिया