संसद विघटनबारे विद्या भण्डारीको प्रस्टीकरण– मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन मात्र गरेकी हुँ

काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कार्यकालमा दुईपटक संसद् विघटन भएको विषयले आफूलाई पछ्याइरहेको बताएकी छन्।
नेकपा एमालेका तत्कालीन महासचिव तथा पूर्वराष्ट्रपतिका स्वर्गीय मदन भण्डारीको ७५ औं जन्म जयन्ती मनाउने विषयमा जानकारी दिन मदन भण्डारी फाउन्डेसनले गरेको आयोजित पत्रकार सम्मेलनमा उनले यसबारे बोलेकी हुन्।
केपी शर्मा ओली प्रधानमन्त्री हुँदा संसद् विघटन गरेको विषयमा पत्रकारले सोधेको प्रश्नमा उनले भनिन्, ‘विगतको कुरा हो तर यसले मलाई पछ्याइरहन्छ। यसमा म जानकार नै छु। मैले कुनै प्रेसर, दबाबभन्दा पनि मन्त्रिपरिषद्ले गरेको निर्णयलाई कार्यान्वयन मात्रै गरेको हुँ।’
भण्डारीले संसद विघटनबारे संवैधानिक, राजनीतिक र ऐतिहासिक दृष्टिकोणले बहस हुनसक्ने बताइन् । ‘अब त्यसमा तपाईंहरू छलफलमा भाग लिन चाहनुहुन्छ भने त्यसको संवैधानिक, राजनीतिक र इतिहासका कुराहरू र देशलाई के गरी निकास दिनुपर्थ्यो, कुन बेला के काम गर्नुपर्छ त्यो कुराहरू छलफलको विषय हुनसक्छ’ उनले भनिन्।










सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
कतार पठाउन लागेका दुई हात्तीको बिदाइ
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
प्रतिक्रिया