संसद विघटनबारे विद्या भण्डारीको प्रस्टीकरण– मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन मात्र गरेकी हुँ

काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कार्यकालमा दुईपटक संसद् विघटन भएको विषयले आफूलाई पछ्याइरहेको बताएकी छन्।
नेकपा एमालेका तत्कालीन महासचिव तथा पूर्वराष्ट्रपतिका स्वर्गीय मदन भण्डारीको ७५ औं जन्म जयन्ती मनाउने विषयमा जानकारी दिन मदन भण्डारी फाउन्डेसनले गरेको आयोजित पत्रकार सम्मेलनमा उनले यसबारे बोलेकी हुन्।
केपी शर्मा ओली प्रधानमन्त्री हुँदा संसद् विघटन गरेको विषयमा पत्रकारले सोधेको प्रश्नमा उनले भनिन्, ‘विगतको कुरा हो तर यसले मलाई पछ्याइरहन्छ। यसमा म जानकार नै छु। मैले कुनै प्रेसर, दबाबभन्दा पनि मन्त्रिपरिषद्ले गरेको निर्णयलाई कार्यान्वयन मात्रै गरेको हुँ।’
भण्डारीले संसद विघटनबारे संवैधानिक, राजनीतिक र ऐतिहासिक दृष्टिकोणले बहस हुनसक्ने बताइन् । ‘अब त्यसमा तपाईंहरू छलफलमा भाग लिन चाहनुहुन्छ भने त्यसको संवैधानिक, राजनीतिक र इतिहासका कुराहरू र देशलाई के गरी निकास दिनुपर्थ्यो, कुन बेला के काम गर्नुपर्छ त्यो कुराहरू छलफलको विषय हुनसक्छ’ उनले भनिन्।
















धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति समितिबाट गुणाकर भट्टले दिए राजीनामा
सडक माथिबाट ढुङ्गा खस्दा कारमा आगलागी
नेपाल ‘ए’सँग स्कटल्यान्ड पराजित
स्वास्थ्य प्रतिष्ठानहरूमा निमित्त निर्देशक नियुक्त
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १७ प्यालेस्टिनी नागरिक पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया