घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु
मेरोन्यूज
२०८२ असार ३१ गते २०:५४

ढोरपाटन । निसीखोलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका–४ झिम्पाका ५० वर्षीय कमल विकको आज दिउँसो भिरबाट लडेर मृत्यु भएको हो ।
कपासे भिरमा घाँस काट्ने क्रममा उनको लडेर मृत्यु भएको निसीखोला गाउँपालिका–४ अध्यक्ष टीकानिधि पौडेलले जानकारी दिए । विक भिरबाट करिब पाँच सय मिटर तल खसेको उनको भनाइ छ ।
विक भिरबाट लडेपछि उनीसँगै गएका साथी रामबहादुर घर्तीले स्थानीयलाई खबर गरेपछि गाउँले घटनास्थलमा पुगेर उद्धार गर्दा मृत्यु भइसको अध्यक्ष पौडेलको भनाइ छ । भिरबाट लड्नुभएका विकको स्थानीयको खोजी कार्यपछि फेला परेको उनले बताए ।
अध्यक्ष पौडेलले भने, “धेरै अग्लो ठाउँबाट लड्नु भएको रहेछ, लडेको थाहा पाउँदा साथ गाउँलेहरू सबै गएर खोजी गर्यौँ, खोजी गर्दा लडेको ठाउँबाट धेरै तल शव फेला पर्यो ।”
सम्बन्धित
















सार्वजनिक सम्पत्ति जलाउने अपराधीहरूलाई कारबाही हुर्नैपर्छ : ओली
बङ्गलादेशको आम निर्वाचनमा दुई हजार उम्मेदवारी दर्ता
दुई पदका लागि स्याङ्जामा २८ जना चुनावी मैदानमा
दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री हानलाई २३ वर्ष कैद
Sharp rise in gold price in domestic market
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
यी हुन् कर्णालीमा एमालेका उम्मेदवार
निर्वाचन आचारसंहिता आज रातिदेखि लागू हुँदै
प्रतिक्रिया