घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु
मेरोन्यूज
२०८२ असार ३१ गते २०:५४

ढोरपाटन । निसीखोलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका–४ झिम्पाका ५० वर्षीय कमल विकको आज दिउँसो भिरबाट लडेर मृत्यु भएको हो ।
कपासे भिरमा घाँस काट्ने क्रममा उनको लडेर मृत्यु भएको निसीखोला गाउँपालिका–४ अध्यक्ष टीकानिधि पौडेलले जानकारी दिए । विक भिरबाट करिब पाँच सय मिटर तल खसेको उनको भनाइ छ ।
विक भिरबाट लडेपछि उनीसँगै गएका साथी रामबहादुर घर्तीले स्थानीयलाई खबर गरेपछि गाउँले घटनास्थलमा पुगेर उद्धार गर्दा मृत्यु भइसको अध्यक्ष पौडेलको भनाइ छ । भिरबाट लड्नुभएका विकको स्थानीयको खोजी कार्यपछि फेला परेको उनले बताए ।
अध्यक्ष पौडेलले भने, “धेरै अग्लो ठाउँबाट लड्नु भएको रहेछ, लडेको थाहा पाउँदा साथ गाउँलेहरू सबै गएर खोजी गर्यौँ, खोजी गर्दा लडेको ठाउँबाट धेरै तल शव फेला पर्यो ।”
सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया